धरान/साँघुरो गल्लीबाट भित्र छिरेपछि टिनैटिनले बेरा लगाएको एउटा घर भेटिन्छ । त्यहाँ प्रकाश बस्नेत र उनको परिवार बस्छ । ११ वर्षको एउटा छोरा दिउँसो स्कुल जान्छ, श्रीमती रिता कुल्ली काम गर्न जान्छिन्, बूढी आमा घरमा थान्कोमन्को गर्छिन् अनि प्रकाश राम्रोसँग खुट्टा पनि नटेकी आरन चलाउँछन् र फलाम कुटेर हतियार बनाउँछन् । उनी शारीरिक रुपमा अपाङ्ग छन् ।
[caption id="attachment_6685" align="alignnone" width="800"]
तस्विर बिकाश चाम्लिङ राई[/caption]
नेपाली समाजको बुझाइ छ, ‘आरन चलाउने र फलाम पिट्ने’ काम विश्वकर्माको हो, लोहार (दलित) को हो । तर प्रकाश समाजको यो बुझाइलाई अस्वीकार गर्छन् र भन्छन्, ‘म क्षेत्रीको छोरा हुँ, आरन लाउँछु, फलाम पिट्छु । के अब म दलित भएँ ?’ कला र व्यवसाय त सबैका साझा हुने उनको बुझाइ छ । ‘कला र पेशालाई छुत र अछुत भनेर छुट्याउनेहरु असली दलित हुन्, बाँकी सबै श्रमिक हुन् ।’ प्रकाश भन्छन् ।
को हुन् प्रकाश ?
२०४१ साल असोज १६ गते धरान–१९ को किरात मार्गमा जन्मिएका उनी ४ वर्षकै उमेरमा पोलियोको शिकार भए । गरीब परिवारमा जन्मिएका कारण उनको उपचार त्यस बेलाका चल्तापुर्जा धामीहरुले गरे । अस्पताल जाने र उपचार गराउने हैसियत उनका बा–आमासँग थिएन । ‘महिनौँसम्म पनि धामीझाँक्रीले ठीक नगरेपछि छिमेकीहरुले विराटनगर अस्पताल लगेर उपचार गरेको कताकता सम्झना आउँछ’, प्रकाशले सुनाए, ‘त्यस बेला नै म पोलियोको कारण अपाङ्ग भएँ, अहिले पनि अपाङ्ग नै छु ।’ बा–आमाका दुई छोरामध्ये उनी कान्छो हुन्, जेठा दाइ गत कात्तिकमै बिते । ‘बा पहिले नै स्वर्गीय भएकाले परिवार जसोतसो आरन चलाएरै धानेको छु ।’ उनले थपे ।
कसरी सिके आरन चलाउन ?
२०६० सालतिर उनी घरहरुमा रङ्ग लगाउन साथीहरुलाई सघाउँथे । रङगरोगनको काम राम्रैसँग गर्न जानेका थिए । ‘तर अपाङ्ग भएका कारण मलाई कसैले काम दिँदैन थिए । सबैले हेपेर बोल्थे’, प्रकाश सम्झिन्छन्, ‘तँजस्ताले काम गर्न सक्छस् र भनेर होच्याएर भन्थे, मन कटक्क खान्थ्यो । त्यै पनि सहेर बस्थेँ ।’ पछि साथीहरुले नै आरनमा कर्द र चकमक सफा गर्ने काम मिलाइदिएको उनी बताउँछन् । दुई जोर हतियार सफा गर्दा उनी दुई रुपैयाँ कमाउथे । ‘मलाई अहिले पनि याद छ, २०६० साल फागुन ४ गते मैले आरनमा काम थालेको थिएँ । त्यसरी काम गर्दै जाँदा हातमा सीप बस्दै गयो । अहिले आप्mनै आरन खोलेर काम गर्दैछु । दुईजनालाई काम दिएको छु’, उनले सुनाए, ‘गरीबको छोरा, अपाङ्ग छु । त्यहीमाथि आरन चलाउन थालेपछि समाजले हेयको दृष्टिले हेर्न थाल्यो, समाजभन्दा पहिले परिवारभित्रैबाट हेपिएँ ।’
आत्मा रोएको दिन
२०६० साल मङ्सिर ४ गते उनले बिहे गरे । क्षेत्रीको छोराले मगरकी छोरी ल्याएका थिए, उनी पनि टुहुरी थिइन् । उनले बिहे गरेको दिन गाउँलेले ‘यो अपाङ्गले के गरी खाने हो ? बिहे पनि ग¥यो, अब दुःख पाउँछ । यसकी स्वास्नी पनि धेरै टिक्दिन, पोइल जान्छे ।’ भनेको उनले अभैm बिर्सिएका छैनन् । घर छिर्नासाथ आप्mनै दाइले ‘कान्छा † आजबाट तँ अलग्गै बस्’ भन्दै एक गिलास चामल दिएका थिए । आप्mनै घरमा पनि त्यस्तो व्यवहार खेप्नुपरेपछि उनी कोठा छिरेर धेरै बेर रोए । श्रीमतीलाई सबै कुरा सुनाए । श्रीमतीले पनि आँखाभरि आँशु पारेर भनिन्, ‘कान्छा † मेरो सास छउञ्जेल म दुःख गरेर पाल्छु, नरोऊ ।’ श्रीमतीको त्यो वचनले नै आपूmमा आत्मबल जागेको उनी बताउँछन् । ‘त्यहाँदेखि हिम्मत गरेर काम गरेको छु ।’ उनले भने । श्रीमती रिता बिहे गरेको तेस्रो दिन अर्थात् मङसिर ७ गतेदेखि नै कुल्ली काम गर्न जान थालिन् । आज १३ वर्ष भयो, उनी त्यही काम गरिरहेकी छन् । परिवार उनको त्यो दुःखबाट नै चलेको छ । प्रकाशको कमाइले घर खर्चमा थपथाप हुने गरेको छ ।
कुल्लीबाट कसरी छुटाउ ?
‘मेरो आदर्श र शक्ति भनेकै श्रीमती हुन् । आज उनको हिम्मतले नै परिवार चलेको छ, छोरोले पढिरहेको छ’, उनी भन्छन्, ‘तर श्रीमतीले कुल्ली काम गरेको हेरेर बस्नु मेरो बाध्यता छ ।’ आपूmसँग ३–४ लाख भएको भए श्रीमतीलाई पनि साथमै राखेर काम गर्ने उनको विचार छ । ‘बर्खा, झरी र तातो घाममा आप्mनी श्रीमतीलाई कुल्ली काम लगाउन कसको रहर हुन्छ र ?’ प्रकाशले मलिनो स्वरमा दुःख पोखे । भातको गाँस पनि राम्रोसँग निल्न नपाई उनी काममा जाने गरेको उनी बताउँछन् । ‘आपूmसँग जमिन भएको भए त्यही राखेर ऋण लिन्थेँ, आरनमा लगानी गथेँं अनि श्रीमतीलाई सँगै राखेर काम गर्थें ।’ आँशु भरिएका आँखाले भूइँतिर हेर्दै उनले भने, ‘गरीबको छोरा, अपाङ्ग छु, त्यहीमाथि आरन चलाउनेलाई कसले सहयोग दिन्छ र ?’
समाजप्रति उनको असन्तुष्टि ?
कक्षा–१० भन्दा बढी उनले पढ्न सकेनन् । ‘समाजमा धेरै पढेका विद्वान्हरु हुनुहुन्छ । उहाँहरुको अगाडि म त कालो अक्षर हँु’, उनी भन्छन्, ‘तर मैले आरन चलाउँदा र हतियार सफा गर्दा नाक किन खुम्च्याउनु ? मैले आरनमा काम गर्नुअगाडि क्षेत्रीको छोराको रुपमा हेर्ने समाजले आरनको काम गर्न थालेपछि ममाथि हुने व्यवहार नै किन फरक पा¥यो ? जान्न चाहन्छु ।’ उनले नाम भनेनन् तर एउटा जातीय संस्थाका अध्यक्षले भर्खरै मात्र घरमा आरन राख्दा ‘कान्छा † किन मति बिगारेको’ भनेर सोधेको उनी सुनाउँछन् । ‘आप्mनै घरमा आरन राखेर श्रम गर्र्दा मति बिग्रन्छ कि पेशा र श्रममाथि हेय भाव राख्दा मति बिग्रन्छ ?’ उनको प्रश्न छ । ‘म क्षेत्रीको छोरा, मेरी श्रीमती मगरकी छोरी । आजसम्म श्रम गरेरै खाएका छौँ, हाम्रो परिवार शान्त नै छ तर समाजलाई किन अशान्ति ?’ उनी बुभ्mन चाहन्छन् ।
उनको आग्रह
केही वर्षअगाडि उनीबारे मिडियामा समाचार आएपछि धरान–१९ को पर्वत इङ्लिस बोर्डिङ स्कुलले उनको छोरालाई निःशुल्क पढाइरहेको छ । उनले धेरै वर्ष अरुकै आरनमा काम गरे । अहिले आप्mनै आरन थालेका छन् । झण्डै ३ लाख ऋण लागेको उनी सुनाउँछन् । ‘मसँग जग्गा भए त्यसैबाट पैसा जुटाउँथे होला तर छैन । आरनमा सामान थप्न कसैले सहयोग गरे आनन्दसँग घर चलाउन सक्थेँ, झरी र चर्को घाममा कुल्ली काम गरिरहेकी मेरी श्रीमतीलाई साथमै राखेर काम गर्ने थिएँ । तपाईंहरुको सानो सहयोग नै मेरोलागि ठूलो खुसी हुने थियो ।’ उनले भने । उनले धरान–१९ स्थित बालक चोकमा ‘प्रकाश कला केन्द्र’ खोलेका छन् । उनका साथी तथा परम्परागत सीप प्रवद्र्धन समाजका अध्यक्ष सागर रसाइली भन्छन्, ‘उनलाई समाजले कहिल्यै सहयोग गरेन, खिसीमात्र गरिरह्यो ।’-
तस्विरहरु बिकाश चाम्लिङ राई
pass