धरान /पूर्वक्षितिज प्रकाशन प्रालिद्वारा संचालनमा आएको ब्लाष्ट खवर डट कमको प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले आज औपचारीक उद्घाटन गरेका छन् ।

1 23 bornaधरानमा एक कार्यक्रमको आयोजना गरि वेवसाईटको उद्घाटन गरिएको हो ।  गत २०६४ सालदेखि ब्लाष्ट डट कम डट एनपीबाट शुरु गरिएको साईट ब्लाष्ट दैनिकको  आरकाईभको रुपमा संचालनमा थियो । गत बैशाख १ गतेदेखि भने ब्लाष्ट खवर डटकम दर्ता गरि नियमित संचालनमा रहेको ब्लाष्ट खवर डट कमका सम्पादक देबेन्द्र कार्कीले जानकारी दिए । पूर्वक्षितिज प्रकाशन प्रालिका बोर्ड अफ डाईरेक्टर तथा ब्लाष्ट दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य पूर्वक्षिजित प्रकाशन प्रालिका प्रबन्ध निर्देशक किशोरकुमार कार्कीले गरेका थिए । कार्यक्रममा प्रत्रकार महासंघका पूर्वाञ्चल संयोजक गणेश पोखरेल, केन्द्रीय सदस्य निलिफा सुब्वा, गणेश लम्साल, अग्रज पत्रकार हर्ष सुब्वा, प्रमुख जिल्ला अधिकारी मोहन चापागाईलगायतले शुभकामना मन्तव्य दिएका थिए । ब्लाष्ट खवर डटकमका सम्पादक देबेन्द्र कार्कीले अनलाईनबारे जानकारी गराएका थिए । ब्लाष्ट खवर डटकमका समाचार सम्पादक योगेशबाबु काफ्लेले संचालन गरेको कार्यक्रममा पूर्वाञ्चलभरीका उद्योगी, व्यवसायी, संघसंस्थाका प्रतिनीधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो । उद्घाटन पछि पत्रकार आचारसंहिताकोबारेमा पत्रकारहरुसँग छलफल भएको थियो । कार्यक्रमको सहजीकरण डा. भानुभक्त आचार्यले गरेका थिए । तस्विरहरुः उपेन्द्र चाम्लिङ