धरान /अहिलेको सरकार ढाल्न खोज्नेहरुलाई नेकपा एमालेको भातृ संस्था युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववियुले नाङ्गेझार पार्ने भएको छ । emale बुधबार पत्रकार सम्मेलन गर्दै सरकार ढाल्नेलाई नाङ्गेझार पार्ने बताएका हुन् । दुबै संगठनका नेताहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई जनताको हितमा कदम चाल्नको लागि आग्रह गर्दै त्यस विरुद्धमा आफूहरु डट्ने बताएका छन् । युवा संघ अध्यक्ष राजीव पहारी र अनेरास्ववियु अध्यक्ष नविना लामाले सरकार ढाल्न खोज्नेहरुको भण्डाफोर अभियानै चलाउनेसमेत बताएका छन् । नेपालको स्थीरतालाई खल्बल्याउनको लागि पनि विभिन्न किसिमका दाउपेच र षडयन्त्र गर्नेहरु विरुद्धमा उत्रिनेसमेत बताएका छन् । उनीहरुले विज्ञप्तिसमेत जारी गर्दै प्रधानमन्त्रीलाई देश र जनताको हितमा काम गर्नसमेत आग्रह गरेका छन् । विज्ञप्तिमार्फत् नै उनीहरुले सरकार ढाल्ने प्रवृतिहरुको अन्त्य गरी छाड्नेसमेत बताएका छन् ।