santabirधनकुटा / सर्लाहीलगायत देशभरका सुकुम्वासी तथा अव्यवस्थित रुपमा बसोवास गरिरहेका नागरिकलाई राज्यले दमन गरेको भन्दै नेकपा माओवादी धनकुटाले बुधबार विरोध प्रदर्शन गरेको छ । नेकपा माओवादी धनकुटाका सेक्रेटरी आकाश शर्माको अगुवाइमा भीमनारायण चोकबाट शुरु भएको प्रदर्शन बजारका विभिन्न भागको परिक्रमा गरी स्थानीय मदनचोकमा आएर कोणसभामा परिणत भएको थियो । बजार परिक्रमा गर्ने क्रममा नेकपा माओवादीका कार्यकर्ताहरुले विभिन्न नारा लगाएका थिए । बजार परिक्रमापछि स्थानीय मदनचोकमा आयोजित कोणसभालाई नेकपा माओवादीका धनकुटा जिल्ला सेक्रेटरी शर्माले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा जनस्वयम्सेवक रोशन राईले गरेका थिए । माओवादीले आगामी साउन १० गते नेपाल बन्द गर्ने घोषणासमेत गरेको छ ।