धरान/सल्यान कुपिण्डेदह गाविस ४ ज्यामिरकी एक दलित महिला माथि चरम यातना दिदै दिशा खुवाईएको छ । क्रिश्चियन धर्मका पास्टरको नेतृत्वमा बोक्सी भगाउने भन्दै कुटपिट गर्दे दिशा खुवाइएको समाचारहरुमा जनाईएको छ ।
कुपिण्डेदह गाविस वडा ४ की २० वर्षिया सेती परियारलाई क्रिश्चियन धर्मका पाष्टर डल्लो सुनार (पावल) को समुहमा रहेका रुपलाल परियार, बङज्जे थापा, पार्वती बुढाथोकी, बिष्णु पुनको टोलीले चरम यातना दिदै सिस्नोपानीले मरणासन्न हुने गरी कुटेर दिशा समेत खुवाएका हुन । सामान्य विरामी भएकी परियारलाई रोग निको पार्ने भन्दै चर्चमा पुयाएर सिस्नो पानीले चुटेको स्थानिय दिपेन्द्र बस्नेतलाई उदृत गर्दै समाचारहरु सार्बजनिक भएका छन् ।

परियारलाई सैतानले छोएको भन्दै पास्टर सुनारले (बोक्सी,भुत) भगाउन सिस्नोले हार्नु पर्छ भन्दै यातना दिएको बस्नेतको भनाई छ । परियारलाई सैतान भगाउने भन्दै जिब्रो समेत बाहिर निकाल्न लगाएर सिस्नेपानीले जिब्रामा हानीएको थियो । घटनाको सबै प्रमाण स्थानिय कृष्ण नेपालीले मोवाइलमा रेकर्ड समेत राखेको उनले जानकारी दिए । कुटपिट गरिए लगतै परियारलाई सल्यान श्रीनगरको एक स्थानिय मेडिकलमा सामान्य उपचार गरिएको थियो । यातना र दिशा खुवाएपछि पिडित परियारको मानसिक सन्तुलन विग्रिएको बाबु शीतल परियारले जानकारी बताए ।
छोरी पेट दुख्यो भनेर चर्चमा गइछ, सुनारले तलाई भुत लागेको छ भनेर सिस्नो पानी र दिशा खुवाए पछि अहिले सम्म छोरी अचेत अवस्थामा रहेको बाबुको भनाइ छ । सुनारले घटना सार्वजनिक गरे परियारलाई झै यातना दिने धम्की दिएको पिडितले बताए । गाँउमा क्रिश्चियन धर्मको प्रचार गर्नका लागि पनि गाँउका विरामीलाई समेत चर्चमा लगेर यातना दिने क्रम बढेको स्थानियको आरोप छ ।
परियारको पछिल्लो समय मानसिक सन्तुलन गुमाएको भन्दै दोषीमाथी कडा कारवाही गर्न स्थानियहरुले माग गरेका छन् । विहीवार मात्र पिडकका विरुद्ध जाहेरी दिने पिडितका बाबु शीतल परियारले बताए । गत जेष्ठ २३ गते घटना घटेको भएपनि पिडित परियारको अवस्था नाजुक बन्दै गएपछि साउन ५ गते बुधबार मात्र घटना सार्वजनिक भएको हो बिहिबारका सञ्चारमाध्यममा खबर छ ।