जनकपुरधाम / भारी वर्षाका कारण जनकपुर उपमहानगरपालिकाका सम्पूर्ण वडा जलमग्न भएको छ । 

jankpur पानीको निकास नभएकाले सडक जलाशयमा परिणत भएको छ भने उपमहानगरपालिका २७ वटै वडाका घर घरमा पानी पसेको छ । मुख्य सडकमा पानी बगिरहेको छ भने गङ्गासागरबाट बगेको पानीले अधिकांश सरकारी कार्यालय डुबानमा परेको छ । त्यस्तै नगरको कदम चोक, पिडारी चोक, भानु चोक, विद्यापति चोक, विश्वकर्मा चोक, विमान स्थल, माछा बजार, कटैया चोरी, नयाँ बस्ती, पुल चोक, उद्योग वाणिज्य सङ्घ, अञ्चल अस्पताल र बाह्र बिगाहालगायतका क्षेत्रमा पानी बगिरहेको छ । पानीले टेलिफोन र विद्युत् प्रसारणसमेत प्रभावित भएको छ । रासस