इटहरी/ इटहरी उप–महानगरपालिकाले बजार अवरोधका साथै सडकको ढलनै बन्द हुने गरी सडकमा थुपारिएका निर्माण सामाग्री हटाउन थालेको छ । विहीबार बहुदेशीय सहकारी संस्थाले भवन निर्माणको लागि सडकमा थुपारिएको निर्माण समाग्री उपमहानगरपालिकाले हटाएको हो । mechikali उपमहानगरपालिकाको कार्यालय परिसरको मेचीकाली पोखरी भरिएर पानी जमिन माथि आउन थाले पछि विहीबार सडकबाट निर्माण सामाग्री हटाइएको हो । ‘बारम्बार भन्दा पनि अटेर गरे पछि डोजर लगाएर निर्माण सामाग्री हटाउनु परेको हो’ इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले भने ‘निर्माण सामाग्रीका कारण पोखरीको निकास बन्द भए पछि पोखरी भरिएर जोखिम बढेको छ ।’ निरन्तरको वर्षाद्का कारण मेचीकाली पोखरी भरिएपछि इटहरी उपमहानगरपालिकाले पोखरी पूर्वमा रहेको ज्येष्ठ नागरिक चौतारीमा ज्येष्ठ नागरिकलाई आवतजावत गर्न पनि बन्द गराएको छ । पोखरीको घेराबारा पुननिर्माण भइरहेको र पोखरी डिलमा लेउ लागे पछि ज्येष्ठ नागरिकलाई हुने असुविधालाई मध्यनजर गरी आवत जावत बन्द गराएको उपमहानगरपालिकाका शाखा अधिकृत राजेन्द्र धिमालले बताए । यता बहुदेशीय सहकारी संस्थाका अध्यक्ष जयबहादुर कार्कीले पोखरीको पानी खोल्न पाइपबाट खोल्न सकिने अवस्था हुँदा हुँदै संस्थाको ५० हजार रुपैयाँ बढीको सामाग्री नष्ट गराएको बताए । ‘नष्ट सामाग्रीको क्षतिपुर्ति नगरपालिकाले दिनु पर्छ’ अध्यक्ष कार्कीले भने ‘ 20260721_114415 20260721_132022