धरान/ब्यबस्थापिका संसदको बैठक शुक्रबार दिउसो दुईबजे सम्मका लागि स्थगन गरिएको छ ।राजनैितक दलका शीर्ष नेताहरुबीच सहमति नजुटेपछि व्यवस्थापिका संसद बैठक स्थगित भएको हाे ।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच अविश्वासको प्रस्ताव पहिले छलफल गराउने कि बजेटका आश्रित विधेयकमा छलफल चलाउने भन्नेमा बिषयमा विवाद चुलिएकाे छ।

विवादका कारण बिहीबार बिहान एघार बजे बस्ने भनिएको संसद बैठक दिउँसो दुई बजेसम्म सारिएको थियो । त्यसबिचमा सभामुख ओनसरी घर्तीले सहमतिको प्रयास गरेकी थिइन् । तर, सहमति नजुटेपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।सभामुखले आर्थिक बिधेयकहरु पास गर्दे अबिश्वासको प्रस्ताबमाथी छलफल गर्न सकिने भन्दै बैठक बसाउने प्रयास गरेकी थिईन । तर राजनैतिक सहमतीका आधारमा अगाडि बढ्ने भन्दै दलहरु छलफलमा जुटेपछि शुक्रबार सम्मका लागि बैठक स्थगत गरिएको हो ।