धनकुटा/ स्थानयि शान्ति समिति धनकुटामा शसस्त्र द्धन्द्धको समयमा भएका विभिन्न घटनाको छानविनको माग गर्दै ३ सय भन्दा वढि उजुरी दर्ता भएका छन् । बेपत्ता छानविन र सत्य निरुपण तथा मेलमिलाप सम्वन्धि गरि हाल सम्म ३ सय ५३ वटा उजुरी दर्ता भएको कार्यालय सचिव सिता भण्डारीले वताएकी छन् । वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा १३ वटा उजुरी परेका छन् । यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगका लागी ३ सय ३८ वटा उजुरी दर्ता भएका छन् । ujuri बेपत्ता सम्वन्धि गएको वैशाख २ गते देखी र सत्य निरुपण तथा मेलमिलाप सम्वन्धि वैशाख ५ गते उजुरीको निवेदन लिन शुरु गरिएको थियो । वेपत्ता छानविन सम्बन्धि जेठ मसान्तसम्म र सत्य निरुपण तथा मेलमिलाप सम्वन्धिका उजुरी असार २ गते सम्म दर्ताको समय निर्धारण गरिएको थियो तर बेपत्ता पारिएका व्यक्तिको छानविनका लागी असार मसान्तसम्म र सत्य निरुपण तथा मेलमिलाप आयोगका लागी साउन २ गते सम्म एक महिना थप गरिएको थियो । दर्ता गरिएका उजुरीहरुमा सवैभन्दा बढि विस्थापित, कैद हिरासत, सम्पतिक्षति, अङ्गभङ्ग र मानसिक यातनाका रहेको स्थानिय शान्ति समिति धनकुटाका अध्यक्ष लालचन्द्र गोङ्गवा तामाङ वताएका छन् ।