kamala_riverसिरहा  / कमला नदीको बाढीमा बगेर एक जनाको ज्यान गएको छ । तीन जना बेपता भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ज्यान जानेमा बर्दिवासका २१ वर्षिय मनोज योगी रहेका छन् । साउने सोमवारको अवसरमा मेला हेर्न सिरहाको उत्तरायणी जाने क्रममा ४ जना युवाहरु धनुषाको चिसापानीबाट कमला नदी पार गर्ने क्रममा कमला नदिमा बगेको प्रहरीले जनाएको छ । योगीको शव बन्दिपुरदेखि करिव ५ किलोमिटर उत्तरतर्फ कमला नदीको भंगालोमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए । बेपता हुनेमा महोत्तरी वर्दिवास १६ का १७ वर्षिय सुरज तामाङ, १६ वर्षिय धर्मराज बलम्पाकी मगर र गौशलाका १७ वर्षिय शिवशंकर ठाकुर रहेको प्रहरीले जनाएको छ । उनीहरुका आफन्तले आफ्ना छोराहरु अझै सम्पकर्मा नआएको भन्दै प्रहरीलाई खोजी दिन आग्रह गरेका छन् । उनीहरुको खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र उनीहरुका आफन्तहरुले खोजी रहेका छन् ।