Untitled-4gaggसङ्खुवासभा / दश वर्षे जनयुद्धकालमा सशस्त्र युद्धरत् माओवादी पार्टीले कब्जा गरेको घरजग्गा अभैmपनि फिर्ता हुन सकेको छैन । बृहत शान्ति सम्झौता गरी जनयुद्ध अन्त्य भएको १० वर्ष बित्न लागेपनि सङ्खुवासभाका विभिन्न क्षेत्रको तीन हजारभन्दा बढी रोपनी जग्गा अभैm कब्जामै रहेको छ । कब्जा जग्गा फिर्ता दिन माओवादीसँग पटक–पटक माग गरेको र जिल्ला प्रशासन कार्यालयलाई समेत निवेदन दिएर फिर्ता गराइदिन माग गरेपनि अझसम्म जग्गाको स्वामित्व लिन नसकेको पीडितहरुको भनाइ छ । जिल्लाको स्याबुन–३ र ४ मा रहेको सुन्दरअलैँची प्रालिको एक हजार दुई सय रोपनीभन्दा बढी अलैँचीबारी अभैm पनि कब्जामै छ । उत्पादित बहुमूल्य अलैँची माओवादीका नाममा केही व्यक्तिले लिँदै आएको पाइएको छ । यहाँको ३०, ६२, ७७, ११७, १०८८, १०८९, १०९१, ११००, १३२६, १३२७, १३२८, १३२९, १३४९, १३५०, १५१०, १५९९, १६००, १६५९, १६६०, १७०१, १७०२ र १७०३ कित्ता नम्बरको जग्गामा लगाइएको अलैँची २०५७ सालदेखि माओवादीले लिँदै आएको र अझसम्म फिर्ता नदिएको चैनपुर–१० की पीडित सरस्वती श्रेष्ठले बताइन् । सरस्वतीले चैनपुर–८ भञ्याङखर्कमा ५० रोपनी खेतबारी २७ मुरी ठेक्का आउने धानखेती, जलजला–९ वाबुनमा आँप, लिची र धान खेती, स्याबुन–५ कुसुवा डाँडागाउँमा धान खेती अभैm कब्जा रहेको बताइन् । राजश्व तिरेको आप्mनो नाममा रहेको नम्बरी जग्गा तत्काल फिर्ता दिन उनले माग गरेकी छन् । यता चैनपुर–१० कै भोलामान श्रेष्ठ र शङ्कर श्रेष्ठले हजार रोपनीभन्दा बढी आÏनो जग्गा अभैmपनि कब्जामै रहेको बताए । माओवादीमा पूmट आएपनि व्यक्तिगतरुपमा आम्दानी लिँदै आएको र पार्टीको प्रयोजनमा आम्दानी प्रयोग नभएको भन्दै तत्काल दोषीलाई कारवाही गरी जग्गा फिर्ता गर्न उनीहरुले माग गरेका छन् । यता चैनपुर–१० मा रहेको शङ्कर श्रेष्ठको घर नेकपा–माओवादीले कब्जा गरी पार्टी कार्यालय स्थापना गरेको छ । पीडितहरुले द्वन्द्वमा खाएको क्षतीपूर्तिसहित राज्यले जग्गा फिर्ता गराएर पुनःस्थापना गर्न माग गरेका छन् । उनले लाखौं खर्चेर अलैँची लगाएको र हुर्काएको बगानबाट वार्षिक चार सय मनभन्दा बढी अलैँची माओवादीले लिँदै आएकाले क्षतीपूर्तिसहित जग्गा फिर्ता गराइदिन प्रशासनसमक्ष माग गरेका छन् । उनले २०५७ सालदेखि हजार रोपनीभन्दा बढी अलैँचीबारी, दुई सय रोपनीभन्दा बढी धान खेत कब्जा गरेको र फिर्ता नदिएको बताए । उनकी श्रीमती सरस्वती श्रेष्ठले भने जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा तीनपटक उजुरी दिएपनि कुनै सुनुवाई नभएको भन्दै गुनासो पोखिन् । यता उनका छोरा सबुत श्रेष्ठले भने उत्पादित अलैँची लिन जाँदा माओवादीले लखेटेको गुनासो पोखे । अलैँची फर्म रामेश्वर, द्वारिका, किशोर, ध्रुव श्रेष्ठको नाममा भएकाले चारैजनाले फिर्ता दिन भन्दै प्रशासनमा उजुरी दिएका थिए । शान्ति सम्झौता भएपछि पनि खेती उठाउन प्रयास गर्दा जे पनि गर्ने भनी धम्की दिएको श्रेष्ठको भनाइ छ । यता नेकपा–माओवादी पार्टीका नेता पुष्प कोइराला भने क्रान्तिकारी पार्टी भएकाले कब्जा जग्गा फिर्ता गर्नेभन्दा पनि थप कब्जा गर्ने पक्षमा पार्टी रहेको बताए । हदबन्दीभन्दा बढीको जग्गा कब्जा गर्ने नीति पार्टीको रहेको र मालपोत प्रमुख र लेखापढी व्यवसायीको मिलोमतोमा हदबन्दीभन्दा बढीको जग्गा खरिदबिक्री हुने गरेकाले आपूmहरुले कारवाही गरेको बताए । द्वन्द्वताका किसानको समस्याले जग्गा कब्जा गरेकोमा यसमा राज्यले नीति ल्याएर हदबन्दीभन्दा बढीको जग्गा गरीब जनतालाई उपलब्ध गराउनु पर्ने र सरकारले आप्mनो स्वामित्वमा नराखेसम्म कब्जा फिर्ता नगर्ने उनले जनाए । चैनपुर बजारमा २०५९ बैशाख २४ गते विद्रोही माओवादीले कार्यालयहरुमा आगजनी गरी आक्रमण गरेका थिए । पुनः २०६१ बैशाख ४ गते आक्रमण गरी कृषि विकास, मालपोत, नापी कार्यालयमा आगजनी गरेका थिए । यता माओवादी पार्टीमा पूmटसँगै आम्दानी भागवण्डा गर्ने गरेको र भागवण्डा नमिल्दा झगडा समेत भएको घटना छ । चैनपुरका राम श्रेष्ठ र लक्ष्मण श्रेष्ठको मादी–१३ मा रहेको अलैँची बारी अभैm पनि कब्जामा छ । नेकपा माओवादी केन्द्रका सङ्खुवासभा उपाध्यक्ष कृष्ण जिमी भने राज्यले भूमिसुधार नीति ल्याएर हदबन्दी र किसान, मोहीको हितमा हुनेगरी कब्जा जग्गा व्यवस्थापन गर्नुपर्ने बताए । यो राष्ट्रिय समस्या भएकाले केन्द्रीय तहबाट समाधानको प्रयास गर्नुपर्ने उनले माग गरे । प्रमुख जिल्ला अधिकारी खुमाकान्त आचार्यले भने आपूm नयाँ भएकाले घटनाको पूरा अध्ययन गरी कारवाही शुरु गर्ने बताए । उनले अवस्थाको जानकारी लिने र माथिल्लो निकायको सहयोगमा कब्जा जग्गाबारे निर्णय गर्ने बताए ।