-
Home
-
सिनेमा
-
केयुमा अख्तियारको हस्तक्षेप बुझ्न उपसमिति गठन
केयुमा अख्तियारको हस्तक्षेप बुझ्न उपसमिति गठन
- साउन ११, २०७३
- ब्लाष्ट खबर
धरान / काठमाडौं विश्वविद्यालय (केयु) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको हस्तक्षेप बारे सत्यतथ्य पत्ता लगाउँन थप उपसमिति गठन गरेको छ ।
सत्य तथ्य पत्ता लगाउन सुशासन तथा अनुगमन समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा जनकराज जोशी, उदय नेपाली श्रेष्ठ, नरसिंह चौधरी, पदमलाल चौधरी र मिलनकुमारी राजवंशी रहेका छन् ।
उक्त समितिले केयुका पदाधिकारी र अख्तियारका कर्मचारीहरुसँग बयान लिँदै प्रतिवेदन बुझाउन उपसमितिलाई १० दिनको समय दिइएको छ । समितिले सत्यतथ्य केलाउँदै केयुमा बुझाउने छ ।
अख्तियारले क्षेत्राधिकार नाघेर काठमाडौं विश्वविद्यालयको एमबीबीएस प्रवेश परीक्षामा हस्तक्षेप गरी आफ्ना मान्छेलाई उत्तीर्ण गराएको अभियोग लाग्दै आएको छ । यसबारे संसदमा छलफल हुनुपर्ने भन्दै विशेष सार्बजनिक महत्वको प्रस्तावसमेत दर्ता भएको छ ।
यही विषयलाई लिएर डा. गोविन्द केसीलेसमेत अख्तियार प्रमुख लोकमान कार्कीलाई महाभियोगसमेत लगाउनको लागि माग गर्दै अनसन बसेका थिए ।