राजविराज/ सामान्यतया विवाहपछि पतिपत्निका विचमा यौन सम्वन्ध स्थापित हुनु स्वभाविक हो । यसै सामान्य मान्यताका आधारमा हाम्रो समाज पनि अघि वढिरहेको छ ।
तर, पछिल्लो पटक यो मान्यता विपरीत आफनै पत्निले पतिविरुद्ध जवरजस्ति करणीको आरोप गाउँदै प्रहरीमा उजुरी दर्ता गराएपछि सप्तरीमा सनसनि फैलिएको छ ।

वलात्कार र यौनजन्य हिन्साका घटना निरन्तर सार्वजनिक हुँदै आएपनि पतिले करणी गरेको भन्दै पत्निद्वारा प्रहरीमा उजुरी गरिएको घटना सप्तरीमा यो पहिलो हो । सप्तरी प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको कुशहा – ७ वस्ने सुलेमान मियाका छोरा २५ वर्षिय हजरत मियाँ विरुद्ध यस्तो उजुरी दर्ता भएको छ ।
उजुरी अनुसार वाहपछि सुलेमानले मादक पदार्थ सेवन गरी अश्लित चलचित्र देखाउँदै पटक–पटक पत्निमाथि करणी गर्दै आएका थिए । पतिको हिंश्रक कृयाकलापवाट आजित भएर पछिल्लो समय माईति घरमै वस्दै आएपनि सुलेमानले आफनो हकर्त जारी नै राखेको उजुरीमा उल्लेख गरिएको छ ।
पछिल्लो पटक गत असार २५ गते मध्येराती घरभित्र छिरेका सुलेमानले आफुमाथि पशुवत ब्यवहार गर्दै जवर्जस्ति गर्न थालेपछि आफु चिच्याएको र छिमेकीहरु भेला हुन थालेपछि भागेको भन्दै उनले आफनो रक्षाका लागि प्रहरीसँग गुहार मागेकी छिन् ।
युवतीको उजुरीका आधारमा सप्तरी प्रहरीले हजरतलाई गत शुक्रवार नियन्त्रणमा लिएको छ । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी दानवहादुर कार्कीका अनुसार हजरत विरुद्ध जवरजस्ति करणी मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको छ ।