तरहरा/कोशी ब्यारेजको पुल अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठनको निशानामा रहेकोले सुरक्षा गरिदिन भन्दै सुनसरी प्रशासनमा आएको पत्रबाट पूर्वका प्रशासकहरु नै अलमल्लमा परेका छन् । koshi barrage साउन ३ गते भारतको वीरपुर सिँचाइ विभागले पठाएको पत्रबारे प्रशासमै अलमल देखिएको हो । पत्र प्राप्त भएपछि कोशी ब्यारेजमा सुरक्षाकर्मीहरुको सङ्ख्या बढाउँदै जाँचलाई भने तीव्र पारिएको छ । आतङ्कवादीहरुले भारतलाई लक्षित गदै कोशी ब्यारेजमा आक्रमण गर्ने योजना बुनेको भन्दै कोशी ब्यारेजमा उच्च सुरक्षा अपनाइदिन वीरपुर प्रशासनको निर्देशनमा सिँचाइ विभागले सुनसरी प्रशासनलाई पत्र पठाएपछि कोशी ब्यारेज क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइए पनि पूर्वका सुरक्षा निकाय प्रमुखहरुबीच समन्वय हुन सकेको छैन । सुनसरी प्रशासनले सो पत्रलाई गम्भीर रुपमा लिएको बताए पनि क्षेत्रीय प्रशासकले भने गम्भीर रुपमा नलिएको बताए । पूर्व क्षेत्रीय प्रहरी प्रमुखलाई भने यसबारे थाहै छैन । सुनसरी जिल्ला प्रशासन कार्यालयलाई भारतको वीरपुर जिल्लाका डिस्ट्रिक्ट म्याजिस्ट्रट (डिएम) ले सिँचाइ विभागमार्पmत् शान्ति–सुरक्षालाई उच्च सतर्कतामा राखिदिन आग्रह गरेको पत्र च्यानलवाइज नआएको कारण पत्रप्रति गम्भीर नभएको पूर्वका क्षेत्रीय प्रशासक रामकुमार आचार्यले बताए । उनले प्रश्न गरे, ‘पत्र च्यानलवाइज मन्त्रालयमार्पmत् किन आएन ?’ त्यै पनि आपूmहरुले कोशीमा उच्च सुरक्षा सतर्कता अपनाएको उनले सुनाए । ‘तर पत्रलाई हामीले त्यति धेरै गम्भीर रुपमा लिएका छैनौँ’, प्रशासक आचार्यले भने, ‘हामीले यस विषयमा मन्त्रलायमा कुरा गरिरहेका छौँ ।’ सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद चापागाईंले भने पत्रलाई गम्भीर रुपमा लिएको बताए । पत्र आएलगत्तै माथिल्लो निकायमा जानकारी गराउँदै सुरक्षा समितिको बैठक गरिरहेको उनले जनाए । ‘कोशी ब्यारेजमा पानीको बहाव बढिरहेका बेला आएको यो पत्रलाई सुनसरी प्रशासनले गम्भीर रुपमा लिएको छ ।’ प्रजिअ चापागाईंले भने । उनले जनतालाई त्रसित नहुन आग्रहसमेत गरे । ‘हामीले ब्यारेजको विषयमा चाँडोभन्दा चाँडो सूचना रिले गरिरहेका छौँ ।’ उनले भने । यता पूर्व क्षेत्रका प्रहरी प्रमुख डीआईजी केशरीराज घिमिरेले भने आपूmलाई सो पत्रबारे पत्रपत्रिका हेरेर थाहा भएको बताए । उनले पछिल्ला केही दिनयता कोशी क्षेत्रमा भने सुरक्षा सतर्कता अपनाएको जनाए । ‘मलाई आधिकारिक रुपमा भने थाहा छैन ।’ उनले भने । कोशी नदीमा जालबाट माछा मार्न र दाउरा निकाल्न अहिले प्रतिबन्ध लगाइएको छ । आतङ्कवादी सङ्गठन लस्करे ए तोइवा, जय श्री मोहम्मद र पाकिस्तानी मुजाहिद्दीनले भारतमा धेरैपटक बम विस्फोट तथा सुरक्षाकर्मी र नागरिकमाथि आक्रमण गर्दै आएको छ ।