विजयपुर/ युनिभर्सल पिस फेडेरेशनको इन्टरनेशनल लिडरसिप कन्फरेन्स बिहिबारबाट काठमाण्डौमा सुरु भएको छ । कन्फरेन्सको उदघाटन प्रधानमन्त्रि केपी शर्मा ओलीले गरेका थिए । बिश्वब्यापी रुपमा बढ्दै गएको क्रिटीकल समयलाई कसरी ब्यस्थापनगर्ने भन्ने बिषयमा छलफल हुने बताईएको छ । up कन्फरेन्समा सहभागिहुन ३० देशका प्रतिनिधीहरु काठमाण्डौ आएका छन् ।तिनदिन सम्म चल्ने कन्फरेन्समा मलेसियाका १६ जना संसद छन् भने मार्सल आसल्याण्डका पुर्व राष्ट्रपती क्यासी नोयट ,डब्लुएसडब्लुपी प्रोफेसर योङ य मुन,युपीएफ इन्टरनसनल प्रिसेडन डा.थोमस जी एलएच लगायतको उपस्थिती रहेको कन्फरेन्समा सहभागि पत्रकार संजिब वाग्लेले जानकारी दिए । यसैबिच कन्फरेन्समा सहभागिता जनाउन सुनसरीबाट पाँच जनाको टोलीलाई युफिएफ सुनसरीका सल्लाहकार राजकुमार कार्किले बिदाई गरेका थिए । प्रतिनिधीहरुलाई ब्लाष्ट टाईम्स दैनिकको कार्यालयमा खादा ओडाएर बिर्दाइ गरिएको थियो । टोलिलाई ब्लाष्ट टाईम्स दैनिकका जनरल म्यानेजर सुनील अधिकारी,सामाजीक अभियान्ता राजेन्द्र राई लगायतले खदा ओडाएका थिए । कन्फरेन्समा युपिएफ सुनसरीकी उपाध्यक्ष तथा पिस एम्बास्टर हिमाल राई,पिस एम्बास्टर डम्बर कुमार तुम्बापो,पिस एम्बाष्टर मानबहादुर बिक,मोहन श्रेष्ठ र अतीथी सहभागीताका लागि पत्रकार संजिब वाग्लेले सहभागिता जनाएका छन् ।