ताप्लेजुङ/ ताप्लेजुङमा हाल सम्म बाढि पहिरोमा परि दुई बालकालिकाको मृत्यू भएको छ भने एक महिला बेपत्ता भएकी छिन् । गत जेठ ३२ गते विहान झरेको पहिरोले ताप्लेजुङ नगरपालिका ८ निवासी चार बर्षिय अंशु तामाङ र तिन बर्षिय अमृत तामाङको मृत्यू भएको थियो भने तापेथोक ८ स्थित घैयाबारी भीर भत्किएर झरेको पहिरोमा परी असार ३१ गते राति देखि सोही वडा निवासी २८ वर्षीया मनिता राईको बेपत्ता भएकि हुन् । bepatta-nagarik पहिरोका कारण हाल सम्म जिल्लामा १८ घर जोखिममा रहेका छन् भने दुई घर बाढि र पहिरोले भत्काएको छ । विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेका अनुसार तापेथोक ८ का १२, ताप्लेजुङ नगरपालीका ८ का तीन र नाल्बुका तीन घर पहिरोको जोखिममा रहेका छन् । तमोर नदि थुनिएर डुबान हुँदा सावादिन गाविस १ का जिवन लबुङको घर भत्किएको छ भने घर माथिबाट झरेको पहिरोले ताप्लेजुङ नगरपालिका ८ निवासी मनकुमार तामाङको घर भत्किएको प्रजिअ पाण्डेले बताउनुभयो । हाल जिल्लामा पहिरोको जोखिममा रहेका परीवार कोहि आफन्तको त कोहि सुरक्षित स्थानमा रहेको समेत उहाँको भनाइ छ ।