बैतडी/ जिल्ला प्रशासन कार्यालयले जिल्लामा जथाभावी गिट्टी तथा बालुवा उत्खनन कार्यमा रोक लगाएको छ ।

नदी आसपासका क्षेत्र, सामुदायिक वन क्षेत्र, अतिसंवेदनशील क्षेत्रमा बालुवा तथा गिट्टी उत्खनन गर्न पूर्णरुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताउनुभयो । बालुवा तथा गिट्टी उत्खननले विभिन्न किसिमका प्रकोप निम्त्याउने भएकाले रोक लगाइएको उहाँको भनाइ छ । giti-300x200 जिल्लाको चमेलीया, महाकाली, सुर्नयालगायत नदीबाट अवैधरुपमा बालुवा तथा गिट्टी उत्खनन कार्य गरिँदै आएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र खानीजजन्य वस्तुको उत्खनन गर्न पाइने कानुनी व्यवस्था रहेको छ । जिल्लामा रहेको अनुगमन समितिले समेत यस्ता गतिविधिको अनुगमन गरिरहेको बताइएको छ । रासस