गाउँका गृहिणीले के काम गर्छन् ? घाँस–दाउरा, पानी–पँधेरो, चुलो–चौकोलगायतका घरायसी काम । तर, रुकुमको एउटा गाउँका महिला भने राज्यले पनि गर्न नसकिरहेको काम गर्न सक्रिय छन् । घरेलु मदिरा उत्पादनलाई राज्यले गैरकानूनी भने पनि उत्पादनमा रोक लगाउन सकेको छैन । यतिखेर रुकुमको गरायला गाविसका गृहिणी महिला जाँडरक्सी खोजी–खोजी नष्ट गर्ने अभियानमा छन् । सिरचौरका महिला सो गाविसका घरघरमा पुगी छापा मारेर मदिरा नष्ट गरिरहेका भेटिन्छन् । मदिरा सेवन गरेर पुरुषले गाउँघरमा होहल्ला, भैmझगडा र महिलामाथि हिंसा गर्ने काम गरेको भन्दै उनीहरूले यस्तो अभियान चलाएका हुन् ।

महिलाले दूध बेचेर आयआर्जन गरेको पैसा पुरुषले रक्सी खाएर सकेकाले घर चलाउन समस्या भएपछि गाउँका महिलाले एकताबद्ध भएर यो अभियान चलाएका हुन् । घरघरमा छापा मारेर घरेलु मदिरा नष्ट गर्ने अभियानमा गाउँका महिलाको ठूलै लस्कर संलग्न छ । हालैको कुरा हो– सयौँको सङ्ख्यामा आक्रामक ढङ्गले महिला घरघरमा पसेपछि गाउँका रक्स्याहा पुरुष भागेका थिए । उनीहरू घरघरमा पुगेर खानतलासी गर्दै जाँडरक्सी भेटिएको घरबाट बाहिर ल्याएर पोखिरहेका थिए । सयौँको सङ्ख्यामा रहेको महिला अभियानको नेतृत्व गरिरहेकी थिइन् ६० वर्षीया वृद्धा भूमि पुनले ।
समाजमा जाँडरक्सीले महिलालाई थिचोमिचो र हिंसा गरेका कारण आपूmले गाउँका सबै महिलालाई सहभागी गराएर जाँडरक्सी खोजी–खोजी फाल्ने अभियान थालेको उनले बताइन् । ‘हुन त म बूढी महिला हुँ, तर पनि गाउँमा महिलामाथि जाँडरक्सी खाएर पुरुषले गरेको अत्याचार हेर्न सकिनँ,’ अभियानकी नेतृत्वकर्ता पुनले भनिन्, ‘जाँडरक्सी खाएर पुरुषले हिंसा गरेपछि सबै महिलालाई पिर प¥यो । हामी एकजुट भएर यो अभियानमा लाग्यौँ ।’ उनका भनाइमा गाउँघरमा जाँडरक्सीको व्यापक सेवनले महिला मात्र पीडित छैनन्, बालबालिकाको मनोविज्ञानमा पनि समस्या भएको छ ।
मदिराको असर बालबालिकाको पठनपाठनदेखि महिलाको धरधन्दासम्म परेको छ । द्वन्द्वकालमा माओवादीले जाँडरक्सी फाल्ने अभियान गरेर राम्रो काम गरेको स्मरण गर्दै उनले सभ्य समाज निर्माणका लागि यो अभियान निरन्तर गर्नुपर्ने आवश्यकता रहेको बताइन् । ‘घरमा छोराछोरीले कापी–कलम किन्ने पैसा माग्दा र श्रीमतीले केही घरखर्च माग्दा पुरुषले एक पैसा पनि दिँदैनन्’, पुनले भनिन्, ‘आपूmले रक्सी खानलाई भने जहाँबाट भए पनि पैसा निकाल्छन् । घरजग्गा बेचेर पनि जाँडरक्सी खान्छन् र जुवातास खेल्छन् । हामी कम्ता मारमा परेर यो अभियान थालेका हौँ र ?’
मदिरा सेवनले गाउँमा महिला हिंसा, होहल्ला र भैmझगडा मात्र भएको छैन, वर्षेनी धेरै पुरुषको अकालमै ज्यानसमेत गइरहेको छ । जसका कारण घरकै मुलीको मृत्यु हुँदा महिला तथा बालबालिका प्रभावित बनेका छन् । घरमा सिकाउने अभिभावक नहुँदा बालबालिका पनि कुलतमा फँस्दै गएको अभियानमा संलग्न सरला विकले बताइन् । ‘मदिरा सेवनका कारण लडेर हाम्रो गाउँमा नै यो वर्ष चारजनाको ज्यान गइसकेको छ’, विकले भनिन्, ‘कम्ता पिरले यो नराम्रो काम गर्ने पुरुषविरुद्धको अभियानमा लागेका छैनौँ हामी ।’
सरलाका भनाइमा त्यस क्षेत्रको शान्ति–सुरक्षा हेर्ने प्रहरी अर्को छिमेकी गाविस पुर्तिमकाँडामा रहेको र त्यसले आप्mनो चौकीको मात्र सुरक्षा गर्न भ्याउने अवस्थामा छ । ‘हामीले प्रहरीलाई पनि गाउँमा उत्पादन भएको मदिरा फाल्दिन र सचेतना पैmलाइलिन धेरैपटक अनुरोध गरेका छौँ’, विकले थपिन्, ‘सानोतिनो प्रयास त गरे, तर विचरा ८–१० जना प्रहरीले के गर्न सक्नु र ? त्यही भएर हामी सयौँ महिला एकजुट भएर मदिरा खोजी र नष्ट गर्ने अभियानमा लागेका हौँ । प्रहरीले पनि हल्का सहयोग गरिरहेको छ ।’ उनका भनाइमा यो अभियानमा करिब पाँच सय महिला आबद्ध छन् भने क्रमशः विभिन्न वडाहरूमा अभियान थपिँदै गएको छ ।
घरघरमा पसी लुकाएर राखेको मदिरा झिकेर पोखिदिएपछि अनुमति लिएर खोलिएका मदिरा पसलेसमेत सचेत हुन थालेका छन् । गरायला–३ पेदीबजारस्थित अनुमति लिएर राखिएका मदिरा पसललाई पनि होटेल तथा सम्बन्धित पसलभित्र मात्र सेवन गर्न दिन र किनेर बाहिर लैजान नदिन उनीहरूले चेतावनी दिएका छन् । ‘पसलमा राखेका रक्सी पनि फाल्ने योजना बनाएका थियौँ’, अभियानको नेतृत्व गरिरहेकी पुनले भनिन्, ‘यो त अनुमति लिएको हो, यसलाई फाल्न मिल्दैन भन्दै प्रहरीले फाल्न दिएनन् ।’ घरघरमा गई जाँडरक्सी फाल्ने महिलाको अभियानलाई नियमित मदिरा सेवन गर्ने र त्यसकै व्यवसाय गर्ने पुरुषहरूले मन नपराए पनि अन्य पुरुषले भने स्वागतयोग्य कदम भनेका छन् ।
स्थानीय अलबहादुर पुन महिलाले चालेको यो कदम निकै राम्रो र निरन्तर गर्नुपर्ने अभियान हो भन्ने ठान्छन् । उनी भन्छन्, ‘वास्तवमा यो अभियान हामी पुरुषले नै गर्नुपर्ने हो तर एउटा पुरुषले मात्र गर्दा झगडाको बीउ हुन्छ’, अलबहादुरले भने, ‘महिलाको जस्तो पुरुषमा एकता पनि छैन । किनभने नखानेभन्दा यहाँ खाने धेरै छन् । महिलाको यो अभियानले केही हदसम्म मदिरा उत्पादन तथा सेवन नियन्त्रणमा आउने आशा राखेको छु ।’
उनको भनाइमा समाज सुधारको यो अभियानमा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय र सङ्घ–संस्थाले पनि सहयोग गर्नु आवश्यक छ । जिल्लाका विभिन्न गाविसमा अवैध घरेलु मदिरा बनाउने गरिएको छ । जिल्लाका पूर्वी क्षेत्रका एक दर्जनभन्दा बढी गाविसमा त संस्कारकै रूपमा घरेलु मदिरा उत्पादन तथा सेवन गरिन्छ । जिल्ला सदरमुकाम खलङ्गामा पनि अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण हुँदै आएको छ । केही वर्षअघि सदरमुकाममै ठूलो मात्रामा अवैध घरेलु मदिरा उत्पादन तथा सेवन हुन गई होहल्ला तथा भैmझगडा भएको भनेर जिल्ला प्रहरी कार्यालयले घरघरमा गई घरेलु मदिरा फाल्ने अभियान चलाएको थियो । तर किन हो, त्यो अभियान लामो समय चलेन ।
–सञ्चारिका फिचर