धरान / झण्डै १० महिनाको कार्यकाल पूरा गरेर प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार साँझदेखि सिंहदरवारबाट बिदा भएका छन् ।
२०७२ साल असोज २४ गते प्रधानमन्त्री निर्वाचित भएका ओलीले २५ गते शपथपछि पदभार सम्हाले पछि मुलुकको कार्यकारी भएर काम शुरु गरेका थिए । ओली सिंहदरवारबाट बिदा हुँदा मुहार हासिलो थियो ।
ओलीले अन्तिम दिन सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा झण्डै तीन घण्टा बिताएका थिए । उनका टिमका सबै मन्त्रिहरु भेला भएका थिए । राजीनामा दिएपछि उनी सिंहदरवार नटेकेका ओली आज मात्र सिंहदरबार पुगेका हुन ।
सिंहदरवारबाट बाहिरिनुअघि मन्त्रिपरिषदको बैठक ब¥यो । बैठकले राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, पत्रकार, नेपाली जनता र राजनीतिक दललाई धन्यवाद दिएको सूचना तथा सञ्चार प्रविधी मन्त्रि शेरधन राईले जानकारी दिए । बैठकमा सरकारले गरेको कामको समिक्षा समेत भएको थियो ।