हुम्ला/ केही दिनको लगातार वर्षापछि सदरमुकाम सिमिकोटदेखि खापुनाथसम्मको बाटो ठाउँठाउँमा भत्किएपछि आवतजावतमा कठिनाइ भएको छ । यात्रु आए पनि खच्चड आउन जान बन्द भएको छ । सदरमुकाम सिमिकोटमा आवतजावत गर्न समस्या भएको स्थानीय पुजारी दल रावलले जानकारी गराए ।  खाद्यान्नको अभाव नेपाल खाद्य संस्थानबाट खाद्यान्न नपाउँदा जिल्लाका दुर्गम भेगका वासिन्दालाई भोकमरीको समस्याले पिरोलेको छ । संस्थानले सुलभ मूल्यको चामल दिन नसकेपछि बजारबाट २५ केजीको चामलको बोरालाई रु चार हजार तिरेर किन्न सर्वसाधारण बाध्य भएका छन् । बजारमा त्यही चामल पनि नपाउने अवस्था नरहेकाले खाली हात घर फर्कन बाध्यता रहेको छ । संस्थानको डिपोमा यस वर्षको कोटाअनुसार नभई दैवी प्रकोपको लागि ४० क्विन्टल मौज्दात राखिएकाले सो चामल सर्वसाधारणलाई दिन नसकिएको नेपाल खाद्य संस्थान शाखा कार्यालयका प्रमुख नारायण केसीले स्पष्ट गरे । 

फाइल फाेटाे