धरान / धरान–८ स्थित भोटेपुलको खोल्सीमा माेटरसाइकल दुर्घटना भएकाे छ । मोटरसाइकल चालकसहित सवार ५० मिटर तल खसेका छन् । motercycle accident बुधबार राति सवा ११ बजेतिर को १६ प ११६७ नम्बरको मोटरसाइकलसहित चालक विराटनगर १७ बस्ने २४ वर्षीय सुनिलकुमार गुप्ता र मोरङ कटारी ४ का ३० वर्षीय भगवान कामत घाइते बनेका हुन् । घाइते मध्ये कामतको अवस्था चिन्ताजनक रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । गुप्ताको टाउँको, हातखुट्टा, र शरीरको विभिन्न भागमा चोट लागेको छ । भानुचौक क्षेत्रबाट आउँदै गरेको अवस्थामा तिब्र गति र मापासे सेवनका कारण खोल्सीमा झरेको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख इनिस्पेक्टर मेघराज केसीले जानकारी दिए । गुप्ताको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने कामतको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।