ताप्लेजुङ/सरकारले सरकारी सेवालाई गाउँ गाउँ सम्म पु¥याउने नारा लगाईरहेका बेला ताप्लेजुङका पशुपालक कृषकहरुले भने आफुहरुले पालेको पशुको समयमानै उपचार नपाउँदा ठुलो क्षति बेहोर्ने गरेको गुनासो गरेको छन् ।
[caption id="attachment_9206" align="alignnone" width="800"]

ताप्लेजुङ नगरपालीका ८ का चैतन्य घिमिरेको घरम उपचार नपाएर मरेको गाई । फोटो रविन भट्टराई÷ताप्लेजुङ[/caption]
आफुहरुले पालेको गाई भैसि विरामि हुन साथ पशुसेवा कार्यालयमा सेवाका लागि पटक पटक फोन गरे पनि कार्यालयबाट सेवाका लागि नआउने गरेको नगरपालीकाकै कृषक चैतन्य घिमिरेले बताए । आफुले पालेको गाई विरामी हुनासाथ सोमवार जिल्ला पशुसेवा कार्यालयको फोन नम्वर ०२४–४६०१७६ मा फोन गरेर प्राविधिक पठाइदिन अनुरोध गरेका उनले प्रांविधिक नआउँदा आफ्नु पचास हजार पर्ने व्याउन लागेको गाई उपचार नपाएर मरेको उनको गुनासो रहेको छ ।
“कार्यालयमा पटक पटक फोन गरे कार्यालयले पठाइदिने आश्वासन पनि दिएको थियो । सोमबार दिउसो सम्म नगएपछि फेरी फलोअप गरे । त्यतिवेलापनि कार्यालयले त्यही आश्वासन दियो । तर भोलिपल्ट दिउसो मात्रै थेचम्वु पशुसेवा कार्यालयमा कार्यरत पारस बरालले पुगेर उपचार थाले तर ढिला भइसकेकाले गाई बचाउन सकेनन घिमिरेले गुनासो गरे ।”
त्यसोत पशुसेवा कार्यालयका प्राबिधिक नगएर पहिलो पटक जिल्लामा यो घटना भएको भने भने होइन । यसअघि पनि नगरपालीका ८ का दुर्गा घिमिरेको भैसीपनि यसरीनै मरेको थियो । तीन दिनसम्म अनुरोध गर्दापनि कर्मचारी नगएर भैसी मरेपछि उनले कार्यालयमै आएर मुकाविला गरेका थिए । मेदिबुङका भुपेन्द्र घिमिरेको बाख्रा उपचार गराउनपनि पशुका कर्मचारी आग्रह गर्दा गर्दा पुगेनन् ।
पशुसेवा कार्यालयका निमित्त प्रमुख लक्ष्मण कुमार श्रेष्ठ आफुहरुलाई फोनवाट अनुरोध आएको स्विकार्दै र मादेन एग्रोभेटलाई पठाएको बताउछन् । मादेन एग्रोभेट सरकारी नभएर सदरमुकाममा सञ्चालीत निजी पशु क्लिनिक हो ।
श्रेष्ठले भने, हामिलाई उहाले सम्पर्क गर्नुभयो, हामिले मादेन एग्रोभेटलाई जानुहोस भन्यौं, त्यसपछि उहाले भोलिपल्ट गाई मरेपछि मात्रै मर्यो भनेर खवर गर्नुभयोविचमा खवर गरेको थाहा छैन । यता ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे आफुकहा यस्तो उजुरी नआएको बताउछन् । ‘मेरोमा उजुरी आएको छैन, तपाईले जानकारी गराउनु भयो, प्राविधिक नजानुको कारण सोद्छु, उनले भने, यदि खवर गर्दागर्दै उहाहरु नगएकै कारण मरेको भए प्राविधिकलाई कारवाहि गर्नुपर्छ ।’