[caption id="attachment_9345" align="alignnone" width="832"]army-in-nepal सैन्य जवानवाट सिपाईमा पद्धोन्नती भएका सिपाईहरु सैन्य मैदानमा परेड खेल्दै । [/caption] धनकुटा/ श्री नं.२ वाहिनी अड्डा हिले धनकुटाका नेपाली सेनाका सहायक रथी बावुकृष्ण कार्कीले राष्ट्रको मेरुदण्ड भनेको सेना हुन भने, सेनाको मेरुदण्ड सिपाई भएको वताएका छन् । श्री नं.२ वाहिनी अड्डा हिले धनकुटाले संचालन गरेको सि.सं.४ सैन्य आधार तालिमको शुक्रवार समापनको अवसरमा वोल्दै नेपाली सेनाका सहायक रथी कार्कीले सेनाले देशले मागेको खण्डमा ज्यानको वाजी लगाउन तयार हुनु पर्छ, माटोले माग्दैन, आफैले ज्यान दिन तयार हुनु पर्दछ भन्ने निर्देश गर्दै यस्तो वताउनु भएको हो । नौ महिना लामो कठिन मेहनत र परिश्रमबाट पारंगत भएका १ सय ३७ सैन्य जवानहरुलाई कवाजमा भाग लिने क्रममा सैन्यवाट सिपाईमा पद्धोन्नती भएकाहरुलाई वधाई दिदै सहायक रथी बावुकृष्ण कार्कीले पेशाामा दक्ष र अनुशासित वनाउन तालिम आयोजना गरिएको वताए । उनले हालसम्म तिन वटा सैन्य आधारभुत तालिमहरु सम्पन्न भै सकेको जानकारी गराउँदै नेपाली सेनाले आयोजना गर्ने तालिम पद्धतियुक्त हुने वताए । कार्कीले सैन्य आधारभुत तालिम सैन्य जीवनको पहिलो तालिम भएको पनि स्पष्ट पारेका थिए । तालिम गएको ०७२ कार्तिक १५ गते देखी शुरु भएको थियो । सो अवसरमा आयोजित कवाजमा भाग लिने टोलीको वनावट भने गुल्म हेडक्वाटर र बाहिनी झण्डा टोली रहेको थियो । जस अन्तर्गत शुक्रवार तालिम समापनको अवसरमा १ सय ३७ जना सैन्य जवानवाट सिपाईमा पद्धोन्नती भएकाहरुले विविध कार्यक्रममा भाग लिएका थिए । उनीहरुले सो अवसरमा सैन्य परेड ग्राउण्डमा जग्गा लिने, तालिम प्रमुख शिक्षकलाई हाजिर प्रतिवेदन, झण्डा टोलीको आगमन, प्रमुख अतिथिवाट कवाज निरिक्षणको क्रममा प्रतिष्पर्धामा उत्रिएका विभिन्न दर्जाका कुशल सिपाईहरुलाई पुरस्कार वितरण, अन्तिम दलेल कवाज प्रदर्शन, तालिमे सिपाईको परिवारसंग भेटघाट लगायतको कार्यक्रमको आयोजना गरिएको थियो । तालिम समापन समारोहमा सहायक प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराई, स्थानिय विकास अधिकारी गणेश प्रसाद दाहाल, धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तिर्थप्रसाद धिताल, सुरक्षा निकायका प्रमुखहरु, उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, शान्ति समिति धनकुटाका संयोजक लालचन्द्र गोङ्गवा तामाङ, स्थानिय संचारकर्मीहरुको उपस्थिति रहेको थियो । सहभागी सवैलाई धन्यवाद दिदै सहायक रथि बावुकृष्ण कार्कीले श्री नं.२ वाहिनी अड्डाले सैन्य तालिम र अन्य सुरक्षासंग गासिएका कार्यक्रम मात्र नभै वातवरण संरक्षण, वृक्षारोपण गरेर खानेपानीको मुहान संरक्षण, वाहिनी एरियामा एक दर्जनको भन्दा वढी पोखरी निर्माण लगायत विविध कार्यक्रमहरु संचालन गरिरहेको वताएका थिए ।