nishaइटहरी  / सानैदेखि आफ्नो काखमा हुर्किएकी नातिनी हेलिकोप्टर दुर्घटनामा परेको खवर पाएपछि ७५ बर्षिय अजा नरवहादुर शाक्य र ७४ बर्षिया अजि नरमाया शाक्यका आँखामा आँसु थामिएका छैनन् । फिस्टेल एअर दुर्घटनामा परेकी स्टाफ नर्स निशा तामाङ्को मावली ओखलढुङ्गा हो । वहाँ मावली घरमै जन्मिएकी हुन । निशा अजा–अजिको काखमा हुर्किन। केहि बर्षअघि अजा–अजी इटहरी आएकी हुन । उनी भने सात कक्षा ओखलढुङ्गाकै कन्या स्कुलमा पास गरेर इनरुवा आइन । इनरुवावाट एसएलसी गरिन । जनकपुरवाट पिसिएल नर्सिड् गरेकी निशाले केहि समय इटहरीको टीआर हस्पिटलमा काम गरेकी थिइन । त्यसपछि ओखलढुङ्गा गएर दुइबर्ष जति पारामेडिकल कलेजमा अध्यापन गराइन । फिड नेपाल भन्ने एनजीओमा नाम निकालेर गत फागुनमा उनी भूकम्प प्रभावित क्षेत्र गोरखा गएकि थिइन ।

10850056_1531253017132525_4736136613740693109_n-650x537“मेरी भान्जी दिनरात विरामीको सेवामा खटिरहन्थिन्,जतिवेला फोन गर्दा पनि विरामीको हेरचारमै छु भन्थिन् , आखिर विरामीको हेरचाह गर्दागर्दै यस्तो भयो” , इटहरी –८ स्थित मावली घरमा माइजु हिरा शाक्य भक्कानिन। दुर्घटना भएको सोमबार विहान सातवजे माइजु हिराले भान्जीलाई फोन गर्नुभयो । राती तीनवजे मात्र सुतेकी हुनाले अझै सुतिरहेको निशाले बताउनु भएको थियो । एकजना सुत्केरीको अवस्था जटिल वन्दै गएकाले रातभरि सेवा गरेर तीनवजे मात्र सुतेको वताएपछि माइजुले लुलु सुत भनेर फोन राखिदिएकि थिइन ।  पुनः १० वजेर १५ मिनेटतिर माइजुले भान्जीलाई फोन गरिन । करिव आधा घण्टाजति दुखसुखका कुरा भए । काठमाडौ कहिले जान्छ्यौ भान्जी भनेर हिराले सोध्दा निशाले भनेकि  थिइन , “ खै निश्चित छैन,वाटो विग्रीएको छ, हेलिकप्टर पनि आएको छैन,काठमाडौ जाने कुरा पनि कथाजस्तै भइसक्यो ।” ” दुर्घटना हुनु भन्दा एक घण्टाअघि ११ बजेर ११ मिनेटमा भान्जी निशाको फेरि फोन आएको रहेछ माइजु के काम गर्दै थिइन उठाउन पाइनन । केहि समयपछि निशाकी आमा हिमानीले अतालिदै माइतीमा फोन गरिन ।निशा उडेको हेलिकप्टर हरायो रे । निशाकी आमा इनरुवादेखि सामान किन्न जोगवनी  गएकि थिइन ।  फर्केर विराटनगर आइपुग्दा निशाले काम गर्ने फिड नेपालवाट आमालाई हेलिकप्टर हराएको जानकारी आयो ।

माइजु हिराले टेलिभिजन खोलिन । टेलिभिजनमा फिस्टेल एअरको दुर्घटना भएको खवर भटाभट आइरहेको थियो । निशाकी आमाले आफूलाई सम्हाल्न सक्ने अवस्था थिएन । उनी पनि इटहरी माइती घरमै निस्कीन । सानैदेखि आफनो काखमा हुर्किएकी नातिनीको निधनले उनका मावलीका अजी– अजा लगायत मावली परिवार शोकाकुल छन् । मावली परिवार मात्र होइन निशाको घर रहेको इनरुवाका वासिन्दाले आँसु थाम्न सकेका छैनन् । हिजो वेलुकै इनरुवावाट तीन गाडी स्थानीय निशाको ममिलाई भेटन इटहरी आएर समवेदना ब्यक्त गरे । निशाको जन्मनै ओखलढुंगाकी स्थित मावलीघरमै भएको हो । उनी अजा–अजिकै काखमा हुर्किन । त्यहिको कन्या स्कुलमा सात कक्षा पास गरेपछि इनरुवावाट आमाले अव यतै आइज भनेर वोलाएछि इनरुवा आएकी थिइन ।

उनकी ७४ बर्षकी अजि सानुमाया शाक्य गहभरि आँसु पार्दै भनिन, “ सानैदेखि अरुको सेवा गर्न भनेपछि हुरुक्क हुन्थी , यस्तो भयो ।” माइजुले स्टाफ नर्सको विदेशमा घेरै कमाइ हुन्छ रे कि जाने विदेश भनेर सोध्दा निशा आफनै देशको कुनाकाप्चा दुरदराजका विरामीको सेवा गर्न छाडेर पैसाकालागि विदेश नजाने वताउँथिन् । उनका वुवा नगेन्द्र तामाङ् वैदेशिक रोजगारको सिलसिलामा मलेशिया छन्।  नेपाली सेनावाट रिटायर्ड भएर वैदेशिक रोजगारीमा गएका हुन ।दुइजना भाइहरु इनरुवामा पढ्छन् । निशा परिवारकी एक्ली छोरी हुन । अचानक हेलिकप्टर गोरखा आएपछि निशाले विरामीसहित काठमाडौ जानुपर्ने भएछ । गोरखावाट उड्न लाग्दा उनले काठमाडौमा ठूलीआमाकी छोरी सुमित्रालाई म्यासेज गरेकि थिइन । मलाई लिन आउ ल भनेर । अव त आइपुग्ने वेला भयो होला भनेर जति फोन गर्दा पनि फोन नलागेपछि तनाव भएको थियो । केहिपछि टेलिभिजन हेर्दा त्यस्तो देख्नुपर्यो माइजु हिराले वताइन  ।निसाकी मावली हजुरवुवा ७५ बर्षिय नरवहादुर शाक्यका अनुसार निशा सानैदेखि पढाइमा अब्बल थिइन् । (सप्तकाेशी अनलाइनबाट)