s4राजविराज   पूर्वाञ्चल स्तरीय कानून व्यवसायीहरुको भेला गरी नेपाल कानून ब्यवसायी परिषदको २३औं स्थापना दिवस सप्तरीको राजविराजमा मनाईएको छ । विहिवार आयोजित कार्यक्रममा परिषदको वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गर्दै दिवसलाई आत्मसमिक्षाको दिवसका रुपमा मनाउने र आफना वाषर््िाक गतिविधिहरु सार्वजनिक गर्ने परम्परा रहँदै आएको जानकारी गराईएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि तथा पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधिस कुमार चँुडालले वार र वेञ्च एकअर्काका पुरक भएको वताउँदै वेञ्चले राखेको वैज्ञानिक योजना अन्तर्गत सेवाग्राहीले छिटो छरितो र स्वच्छ न्याय दिने कार्यमा वारले सघाउनुपर्ने वताए । वारनै न्यायालयको भविष्यको नेतृत्व भएकाले सेवाग्राहीलाई सफा न्याय दिन सवै पक्ष ईमान्दार हुनुपर्ने उनको भनाई छ । कार्यक्रममा वरिष्ठ अधिवक्ताहरु कालिकुमार लाल (विराटनगर), माधव प्रसाद भट्टराई (विराटनगर), रामप्रसाद सिटौला (विराटनगर), अधिवक्ताहरु देवीवहादुर घिमिरे (विराटनगर), रमेश कोईराला (विराटनगर), रामप्रसाद घिमिरे (सुन्सरी), भरतवहादुर थापा र प्रकाशवावु पन्तलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि चुडालले सवैलाई सम्मानपत्र सहित माला लगाएर सम्मान गरेका थिए । वार काउन्सिल सदस्य हेमनारायण चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।