धरान /उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले काठमाडौं–निजगढ द्रूतमार्ग (फास्ट ट्रयाक) ग्लोबल टेण्डर मार्फत अरु देशलाई दिने बताएका छन् । अघिल्लो सरकारले फाष्ट ट्रयाक स्वदेशी लगानीमै बनाउने र स्वदेशी कम्पनीलाई नै निर्माणको लागि दिने भन्दै प्रकृया अगाडि बढाएको थियो । Bimalendra-Nidhi.11jpg गृह मन्त्रालयमा रिपोर्टर्स क्लब नेपालका पदाधिकारीसँगको भेटमा शुक्रबार उनले फास्ट ट्रयाकमा फेरि ग्लोबल टेण्डर गरेर विदेशी कम्पनीलाई जिम्मा दिने संकेत गरेका हुन् । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले क्याविनेटमा निर्णय गराउँदै नीति तथा कार्यक्रम र बजेमा फास्ट ट्रयाक नेपालले बनाउने उल्लेख गरेको थियो । तत्कालिन सुशील कोइराला सरकारले भारतलाई दिन खाजेको फास्ट ट्रयाक ओली सरकारले आफै बनाउने निर्णय गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसद मै आपत्ति जनाएका थिए ।