इलाम/राष्ट्रिय वन पैदावर व्यवसायी संघको अगुवाईमा शुक्रबार इलामको पुवामझुवामा रहेको शारदा माध्यमिक विद्यालयको जग्गामा वृक्षरोपण गरिएको छ । बिद्यालयको जमिनमा २ हजार ५ सय बिरुवा रोपिने छन् ।वृक्षरोपण कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गरेको थिए । वन पैदावर व्यवसायी, शिक्षक, स्थानीयबासीलगायत स्कुलका विद्यार्थीसमेत वृक्षरोपणमा सक्रिय थिए । बिद्यालयको करिब ३ सय ६० रोपनी जमिनमासंघले चार वर्षयता वृक्षरोपण गरिरहेको छ ।

[caption id="attachment_10138" align="alignnone" width="876"]plantt विद्यालयको जमिनमा वृक्षरोपण उद्घाटन गर्दै प्रजिअ जनकराज दाहाल । तस्बिर–  मुना अधिकारी[/caption]

त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक सुशीलकुमार यादव, सशस्त्र प्रहरी श्रीअन्तु गुल्मका प्रहरी नायव उपरीक्षक लकेश तुम्बाहाम्फे, जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठसमेत सहभागी थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दाहालले सामाजिक, आर्थिक र पर्यावरणीय संरक्षणका लागि वृक्षरोपण आवश्यक रहेको भन्दै निजी क्षेत्रको पनि त्यसमा महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रममा जिल्ला वन अधिकृत श्रेष्ठले वृक्षरोपणमा वन कार्यालयले पनि आवश्यक सहयोग गर्ने बताए । विद्यालयका जग्गादाता जीवन बान्तवा राईले आफूहरूले विद्यालयको जमिनमा वृक्षारोपण गर्न आवश्यक पर्ने सहयोग समेत उपलब्ध गराउने प्रतिबद्धता जनाए । बान्तवा परिवारले विद्यालयलाई ३० रोपनी जमिन प्रदान गरेको थियो । संघले विद्यालय परिसरमा धुपी, सल्लोलगायतका बिरुवा रोप्ने जनाएको छ । वन पैदावरमात्र होइन, वृक्षरोपण समेत गरी वन संरक्षण गर्न संघले बर्सेनि जिल्लाका सामुदायिक वन, विद्यालयलगायत सरकारी र सामुदायिक जमिनहरूमा वृक्षरोपण गर्ने गरेको संघ अध्यक्ष सोनामकाजी लाप्चाले बताए । संघका पूर्व कोषाध्यक्ष हरि पराजुलीले जंगलमा काटिनेभन्दा बढी रुख बनाउन हरेक वर्ष वृक्षरोपण गर्ने गरेको सुनाए ।