[caption id="attachment_10287" align="alignnone" width="960"]13895114_1655456504769785_2675420086638929918_n अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा इटहरीमा भएको साँस्कृतिक कार्यक्रममा उद्घाटन मन्तव्य व्यक्त गदै स्थानिय विकास अधिकारी रामप्रसाद बाग्ले । तस्विरः देबेन्द्र कार्की[/caption]

राजविराज / शसक्तिकरण एवम् युवा लक्षित कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वय लगायतका १८ वुँदे राजविराज घोषणा पत्र जारी गर्दै शनिवार यहाँ २ दिने प्रथम जिल्ला युवा सम्मेलन सम्पन्न भएको छ । स्थानीय गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको सभाकक्षमा आयोजित समापन समारोहमा सम्मेलन मुल समारोह समितिका अध्यक्ष श्रवण देवले १८ वुदे राजविराज घोषणा पत्र जारी गरेका हुन् । घोषणा पत्रमा युवा लक्षित वजेट विनियोजनका लागि स्थानीय निकायमा दवाव श्रृजना गर्ने, वैदेशिक रोजगारीमा जाने युवालाई दक्ष भएर जान प्रोत्साहन गर्न र जाने क्रमलाई विस्तारै घटाउँदै लाने, रोजगारी प्रवर्धनका लागि गाउँ/गाउँमा शिपमुलक तालिम संचालन गर्ने र उद्यमशिलता प्रवर्धन गर्ने, युवा लक्षित कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न सरकारी तथा गैरसरकारी निकायहरुसँग उचित सहकार्य गर्न युवाले नेतृत्व लिन पहल गर्ने, जिल्ला युवा परिषद र युवा सुचना केन्द्रलाई प्रभावकारी रुपमा संचालन गर्न आवश्यक खवरदारी र सहयोग गर्ने उल्लेख छ । यसैगरी, समाजमा रहेका सवैखाले विभेद अन्त्यको लागि युवाले नेतृत्वदायी भुमिका खेल्ने, जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषण गराउन अझ सशक्त र नेतृत्वदायी भुमिका निर्वाह गर्ने, जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा युवा सुचना केन्द्र स्थापना गर्ने, विकासमा युवाको पहुँच वढाउने, तेश्रोलिङ्गमैत्री नीति अनुसरण गर्ने, वालविवाह तथा दाईजो नियन्त्रणमा युवा अभियान संचालन गर्ने, समतामुलक शिक्षामा जोड दिने, युवाहरुको क्षमता अभिवृद्धि तथा शिपमुलक विकासमा जोड दिने, प्रत्येक गाविस, नगरपालिका तथा जिललमा युवा संजाल विस्तार गर्ने वुदालाई घोषणापत्रमा समावेश गरीएको छ । यस्तै दुब्र्यसनमा फसेका युवाहरुलाई स्थानीय प्रशासन, प्रहरी तथा अन्य संघसंस्थाहरुसँग सहकार्य गरी लागु औषधका समस्या न्युनिकरण गर्ने, विद्यालयभन्दा वाहिर रहेका हरेक वालवालिकालाई विद्यालयसम्म पु¥याउन पहल गर्ने, युवालाई स्वस्थ राख्न र समय अनुरुपको मनोरंजन प्रदान गर्न सवै क्षेत्रमा आवश्यक खुलकुद र मनोरंजनका कार्यक्रमहरु संचालन गर्न पहल गर्ने, सप्तरी जिल्लालाई पुर्ण सरसफाई जिल्ला घोषणा गर्न युवाको नेतृत्वदायी भुमिका मार्फत विभिन्न कार्यक्रहरु संचालन गर्न पहल गर्ने प्रतिवद्धता समेत घोषण पत्रमा ब्यक्त गरिएको छ । सप्तरी जिल्लाका ५ नगरपालिका र ९१ गाविसवाट जम्मा भएका कुल ३ सय युवा प्रतिनिधिहरुको छलफलवाट आएका वुदाहरुलाई प्रतिवद्धताको रुपमा अगाडि ल्याईएको र ती प्रतिवद्धता पुरा गर्न जिल्लाभरीका युवा परिचालन गरीने अध्यक्ष श्रवण देवले जानकारी दिएका छन् ।