दुनै (डोल्पा)/त्रिपुराकोट गाविस– १ मा रहेको छलगाड लघु जलविद्युत् आयोजनाको कुलाको बाँध बगाएपछि तीन वटा वडामा विद्युत् आपूर्ति बन्द भएको छ शुक्रबार राति छलगाड खोलामा बहाव बढेर २० मिटर पक्की बाँध बगाइएपछि विद्युत् आपूर्ति बन्द भएको हो । बाँध बगाउँदा करिब रु १५ लाख बराबरको क्षति भएको स्थानीयवासी दिलीप गिरीले बताए । विद्युत् आपूर्ति बन्द भएर तीन वडाका करिब ३०० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् ।