धरान/नेपाल भारत मैत्री संघ सुनसरीले ७० औं भारतको स्वतन्त्रता दिवसको अवसरमा अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा सह प्राध्यापक डा. अर्जुन बरालले भारतको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरुबाट नेपालको अर्थतन्त्रमा पर्याएको प्रभाव बारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालमा स्वाIndiaस्थ्य, शिक्षा, सामुदायिक विकास र पूर्वाधारमा सन् २००३ बाट २०११ सम्म ४२४ वटा आयोजना ६ हजार ३ सय ४५ करोड रुपैया सहयोग गरेको बताए । नेपालमा भारतले सन् १९५१ देखि आर्थिक सहयोग गर्दै आएको बताए । नेपालमा भारतले ठूला आयोजना भन्दा साना आयोजनाहरुमा बढी सहयोग गरेको अवस्था रहेको बताउँदै सबैभन्दा बढी विद्यालयमा लगानी गरेको देखिएको बताए । उनले सन् २००३ देखि २०११ सम्म २ सय स्कुलहरुमा सहयोग गरेको तथ्यांक प्रस्तुत गरे । उनको कार्यपत्रमा सुनसरी उद्योग बाणिज्य संघका निर्वतमान उपाध्यक्ष कृष्णकुमार अग्रवालले टिप्पणी गरेका थिए । उनले नेपाल भारतले संयुक्त लगानीको अवधारणा ल्याउन आवश्यक रहेको बताए । नेपालको लागि भारतले गरेको केही सहयोगहरुले आर्थिक विकास र औद्योगिक विकासमा फड्काृे मारेको उनले बताए । त्यस्तै सह प्राध्यापक हरिप्रसाद दाहालले नेपाल भारत सम्बन्ध इतिहासदेखि बर्तमान सम्म कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष केशव घिमिरेले टिप्पणी गरेका थिए । संघका अध्यक्ष मुकुल कायस्थको सभापतित्वमा भएको कार्यक्रममा सांसद कृष्णकुमार राई प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा पेन्सन पेइङ अफिसका मेजर सुनिलकुमार पाल, अफिसकै मेजर डा. अनिसकुमार सिंह, संघका केन्द्रीय सदस्य ज्योति कोइरालालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा महेन्द्र बहुमुखीका पूर्व क्याम्पस प्रमुख कुमारबहादुर कार्कीलगायतले बोलेका थिए ।