बाबुराम सुवेदी,

इटहरी / इटहरीमा जातीय साँस्कृतिक कार्यक्रमसहित २२ औं विश्व आदिवासी दिवसका अवसरमा विविध साँस्कृतिक कार्यक्रम शूरु भएको छ । आदिवासी जनजाति युवा महासंघ नेपाल र राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ इटहरीको संयुक्त आयोजनामा आइतबार भएको भइरहेको कार्यक्रममा इटहरीकै ज्येष्ठनागरिक एक सय ४ वर्षीया यशोदा निरौलासहित विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा समाजसेवी रोहित प्रसाई, पूर्व खेलाडी चन्दनलाल चौधरी स्वर्गीय धरणीधर दाहाल मराणोप्रान्त सम्मान, स्वर्गीय महेश्वर सुब्बा मरणोप्रान्त सम्मान, र ज्येष्ठ पूरुष इन्द्रबहादुर योन्जनलाई सम्मान गर्ने कार्यक्रम रहेको कार्यक्रम आयोजक समितिका सचिव राम माण्डुपा राईले बताए । आयोजक समितिका अध्यक्ष कर्णविक्रम लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा गायक बलराम समाल, एपी शेर्पा, मेलिना राईलाईसम्मेत सम्मान गर्ने कार्यक्रम रहेको छ । इटहरी उपमहानगरपालिका अगाडीबाट निस्किएको जातीय पहिरन र झाँकीसहितको ¥याली बजार परिक्रमा पछि इटहरी पश्चिमलाईनमा गएर सभामा परिणत भएको थियो । सभामा नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्का पूर्व महासचिव आङकाजी शेर्पासहित विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । तस्विरः बाबुराम सुवेदी

janajati mahasang program (2)  janajati mahasang program (11) janajati mahasang program (18) janajati mahasang program (20) janajati mahasang program (22)