तरहरा (सुनसरी) पूर्वकै केन्द्र बिन्दु इटहरीमा मेनपावर ब्यावसायीहरुले अबैध धन्दा गर्ने गरेको खुलसा भएको छ । सरकारकै निर्देशनमा बन्द भएको एजेण्ट कार्यलयहरुले समेत विदेश पठाउँने भन्दै युवाहरुलाई ठगी गर्ने एक श्रीलंकाका नागरीक सहित ६ जना इटहरीका अबैध मेनपावर ब्यावसायीहरुलाई प्रहरीले पक्राउ गरे सँगै अबैध धन्दाको खुलसा भएको हो ।
इटहरी तथा आसपासको क्षेत्रमा घरैपिच्छे बग्रेल्ती खुलेका मेनपावरले सधै ंजसो तछाड र मछाड गर्दै विदेश जाने युवालाई तानतान गर्दै हिड्ने गरेको प्रहरी वताउँछ । अफ्रिकाको सितेल भन्ने टापुमा कामदार लौजाने भन्दै एक श्रीलंकाका कमिल कलाहकवान सहित चन्देश्वर चौधरी र पुरण चौधरीलाई इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको छ । इटहरीमा युवाहरुलाई भेला पारेर अन्तरवार्ता गर्ने र कामदारको रुपमा भन्दै लौजाने तयारी गदै गर्दा उनीहरुलाई पक्राउ गरेका छौ इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर राजन कार्कीले भने ।
त्यस्तै वाईज इन्टरनेश्नल प्राली अबैध रुपमा चलाउँदै आएको भन्दै सञ्चालकद्धय शिवप्रसाद आचार्य र रमेश विष्टलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यस्तै केशव गिरी, गंगावहादुर निरौलालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । श्रमले खारेज गरेको एजेण्ट कार्यलयहरुले अबैधानिक रुपमा कार्यलय देखाएर ठगी गर्ने गरेको भन्दै उनीहरुलाई प्रक्राउ गरेको इन्स्पेक्टर कार्कीको भनाई छ । युवाहरुलाई विदेश पठाउँने नाममा अबैध धन्दा गरेर ठगी गरीरहेको कारण उनीहरुलाई कडाई गरेको इन्स्पेक्टर कार्कीको भनाई थियो ।
नेपाल सरकारको स्वामित्वमा रहेका बैदेशिक रोजगार बिभागले मुलुकभर रहेका बैदेशिक रोजगार कम्पनीमा आवद्ध एजेन्टहरु खारेज गर्ने प्रस्ताव स्वीकृत भए सँगै कार्यलयहरु बन्द भए पनि अबैध कार्यलय देखाएर धन्दा भने कायमै रहेको प्रहरीको भनाई छ । केन्द्रीय र्कायालयको अनुमती बेगर कार्यालयहरु स्थापना गरी आर्थिक कारोबार गर्दै ठगि धन्दालाई प्रसय दिइरहेको भन्दै उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलयका डिएसपी ओम अधिकारीले वताए । पक्राउ परेकाहरुलाई वैदेशिक रोजगार विभाग पठाईएको उनको भनाई थियो ।
बैदेशिक रोजगार ऐन अनुसार कुनै पनि शाखाहरुले कार्यालय खोलेर आर्थिक कारोबार गर्न नपाउने ब्यवस्था उल्लेख छ तर पूर्वाञ्चल क्षेत्रमा रहेका मेनपावरका शाखाहरुले भब्य कार्यालय खोली आर्थिक कारोबारसंगै ठगि धन्दालाई प्रसय दिदै आएका छन । यता बैदेशिक रोजगार ब्यवसायी संघ सुनसरीका अध्यक्ष भक्त लामाले ठगी गर्नेहरुलाई कार्वार्हीको दायरामा ल्याउँनु पर्ने वताए । ठगी धन्दा धईरहेको स्वीकार गदै त्यस्ता ब्यावसायीहरुलाई कार्वार्ही हुनु पर्ने उनको माग थियो ।
नामै मात्रको फ्रि भिसा फ्रि टिकट !
रोजगारका लागि खाडीका ६ देश र मलेसिया जान भिसा र टिकट निस्शुल्क उपलब्ध गराउने सरकारी निर्णयविपरीत म्यानपावर कम्पनीहरूले कामदार सित रकम असुल्न छाडेका छैनन । जथाभावी खोलेको मेनपावर तथा झोले मेनपावरहरुले सरकारी नियमको धज्जी उडाईरहेका छन ।
सरकारले अघिल्लो बर्ष मलेसिया, कतार, साउदी अरबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमन र कुवेत जान टिकट र भिसाको रकम तिर्नु नपर्ने सरकारी निर्णय गरेको थियो । जसअनुसार टिकट र भिसाबापतको रकम रोजगारदाता कम्पनीले नै बेहोर्नु पर्छ तर कामदार पठाउँदा महगो शुल्क दिएर मात्र जानु पर्ने बाध्यता भएको खोटाङ जुवुका सुवास गिरीले गुनासो सुनाए । आफु कतार जादा ९५ हजार तिर्ने वाध्य भएको उनको भनाई थियो
म्यानपावर कम्पनी र एजेन्टहरूले जथाभावी रकम लिए पनि आफूहरूलाई रसिद नदिएको उनी बताउँछन । अन्तर्रा्ष्ट्रिय श्रम संगठनको महासन्धि १८१ अनुसार कामदार भर्नाका लागि रोजगारदाताले कुनै शुल्क लिन पाउँदैनन । यता बैदेशिक रोजगार ब्यवसायी संघ सुनसरीका अध्यक्ष भक्त लामाले भने फ्रि भिसा फ्रि टिकटमा सबैले पठाउँन नसक्ने वताए । यो अब्यवाहारीक नियम भयो उनले भने ।