काठमाडौँ/ काठमाडौँबाट काभ्रेको कोशीपारी जादै गरेको यात्रुबहाक बस दुर्घटना हुदा २५ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।बस कोलातीको खहरे भन्ने ठाउमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बा ३ ख १०६ नम्बरको बस कोतालीमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा २५ जनाको मृत्यु भएको स्थानिय प्रहरीलाई उदृत गर्दै समाचाार सार्बजनिक भएको छ । दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएको अनुमान गरिएको छ । बसमा क्षमता भन्दा धेरै यात्रु भएको र तिब्र गतिमा रहेको प्रतक्ष्यदर्शिलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
बस सडकबाट झण्डै ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी नबिन राईले जानकारी दिए । मृतकहरुमो सनाखत हुन सकेको छैन । उद्धारकार्य जारी रहेको र घाईतेहरुलाई अस्पालतर्फ लगिएको उनले जनाए ।