राजविराज/चिनेजानेकै ब्यक्तिको अपहरणमा परेकी सप्तरीकी एक ७ वर्षिया वालिकालाई प्रहरीले १२ घण्टा वित्न नपाउँदै भारतको शिमावर्ती क्षेत्रवाट सकुसल उद्धार गरेको छ । resque वुधवार दिउँसो करिव ४ वजे अपहरणमा परेकी नर्घो-६ वस्ने लक्ष्मण मण्डलकी ७ वर्षिया छोरी सन्तोषिलाई प्रहरीले रातिनै अपहरण मुक्त गरेको हो । अपहरणको जानकारी पाउनासाथ सादा पोशाकमा एसपी भिमप्रसाद ढकालको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतको मधुवनी जिल्ला स्थित लौकही थाना अन्तर्गतको करियौत ग्रामपञ्चायतवाट वालिकालाई उद्धार गरेको हो । आफुसहित ईलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी झुटकीको संयुक्त प्रहरी टोलीले नेपाल-भारत शिमानावाट करिव १२ किलोमिटर दक्षिणमा रहेको एक गाउँबाट बालिकालाई उद्धार गरेको ढकालले जानकारी दिएका छन् । उनका अनुसार अपहरणकारीले वालिकालाई साईकलमा चढाएर करियौत पु¥याएको थियो । प्रहरी तथा स्थानीयवासीले चारैतर्फवाट घेराहालेपछि अपहरणकारी फरार भएकाले खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । करिव २५ वर्षिय युवकले रिसिबि साँध्न वालिकालाई अपहरण गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छु घटनाको जानकारी दिन विहिवार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसपी ढकालले भने-अपहरणकारीको पहिचान भईसकेकाले २/३ दिनभित्र प्रहरीले पक्राउ गर्छ । उनले अपहरणकारी पक्राउ परेपछि थप कुरा वाहिर आउने जानकारी दिए । बालिकाकी आमा सञ्जु मण्डलले पनि एउटै गाउँको चिनेजानेको ब्यक्तिवाटै छोरीको अपहरण भएको बताएकी छिन् । आफनो घरमा आउ/जाउ गर्ने र केटाकेटीलाई चकलेट, विस्कुट दिने ब्यक्तिले अपहरण गर्ला भन्ने कल्पनासम्म नगरेको वताएकी उनले उसैले छोरीलाई लिएर हिडेको र राती १०/११ वजेसम्म नआएपछि भने छाँगावाट खसेजस्तो भएको बताईन् । पिता लक्ष्मण मण्डल सदरमुकाम राजविराजमा होटल ब्यवसाय गर्दै आएको र आफूले नै गाउँमा बसेर छोराछोरीको पालनपोषण गर्दै आएकाले अपहरणमा संलग्न ब्यक्तिलाई राम्ररी चिनेको बताएकी छिन् ।