धरान/बिहान बेलुका हातमुख जोड्न समस्या भएपछि १० बर्षिय भगिश्वर नेपालीका बुबा बिदेश गए । बुबा बिदेश गएपछि आमा बिरामी परिन ,चेक जाँत गराउदा उनका दुबै मृगौला काम नलाग्ने भएका रहेछन् । बिदेश गएका बुबाले आमाको उपचार गराउने पैसा पठाउछु भनेका थिए । बुबाले पैसा पठाउने आशमा बसेका भगिश्वरलाई अर्को बज्रपात प¥र्यो ।

vagiuswar

पैसा पठाउछु भन्ने बुबाको मृत्यु भएको खबर पाए । ओच्याएन परेकी आमाले त्यो खबर सुनिन्,आफ्नो ज्यानको पिडा सहन गर्न पनि नसकेकी उनको पतीको मृत्युको खबरले झन बिछिप्त बनिन्, २०७२ माघमा उनले पनि यो धर्ति छाडीन ,भगिश्वर एक्लै भए,टुहुरो भए ।पाँचथरको साराङडाँडा दुर्गा उच्च माविको तीन कक्षाका विद्यार्थी उनीमाथि अहिले पाँच लाख ऋण छ ।

आमाको उपचारका लागि उनका लागि ठूलो बाबा खड्गबहादुरले जमानी बसेर त्यो ऋण लिइदिएका थिए । पहिल्यै बुबा गुमाइसकेका उनले पाँच लाख खर्च गरे पनि आमालाई बचाउन सकेनन् । भगिश्वर माथी लागेको ऋण कसरी तिर्ने अहिले उनका ठुलो बाबालाई पनि पिर पर्न थालेको छ । जायजेथा पनि नभएपछि उनीहरुमाथी झन् ठुलो संकट आएको छ । खड्गबहादर भन्छन् ‘पाँच लाख त मैले जिन्दगिभरि पनि कमाउन सक्दिन होला’ ।