बुटवल / यौनजन्य दुव्र्यहारको आरोपमा नेपाल आयल निगमको भैरहवा वितरण केन्द्रका प्रमुख चित्तरञ्जन दासलाई यौनजन्य दुव्र्यहारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । भैरहवास्थित देवकोटा चोककी एक बालिकालाई यौनजन्य दुव्र्यहार गरेको अरोपमा प्रमुख दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी बुद्धिराज गुरुङले जानकारी दिए । तर प्रहरीले घटनाबारे पुरा विवरण भने सार्वजनिक गर्न चाहेको छैन ।
शुक्रवार राति नाबालिकालाई जबरजस्ती गर्न खोज्दा स्थानीय दासलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको स्थानियले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको एसपी गुरुङले जानकारी दिए ।