oil

धरान/धरानको तिनकुने स्थित औधोगिक क्षेत्रको भौतिक संरचना नै विगारेर संचालन अनुमति लिएको चक्रघट्टी आयल संचालन अगावै विवादमा तानिएको छ । अख्तियारको केन्द्रिय कार्यालय र ईटहरी स्थित क्षेत्रिय कार्यालयले संचालन अनुमति दिदाँको फाईल जफत गरि छानविन थालेको स्रोतले वताएको छ । स्रोतका अनुशार औधोगिक क्षेत्र व्यवस्थापनका अधिकारीहरुको मिलेमतोमा नियम मिचेर धरानका व्यवसायी गणेश सोनीलाई संचालन अनुमति दिईएको जनाउँदै अख्तियारमा उजुरी परेपछि संचालनमा आउन अगावै चक्रघटी आयल विवादमा तानिएको हो । नेकपा एमालेका नेता महेश वस्नेत उध्योग मन्त्रि रहेको समयमा नियम मिचेर औधोगिक क्षेत्रको सुरक्षा संवेदनशिलता समेतलाई लत्याउँदै पेटोल पम्प संचालनको अनुमति दिईएको जनाउदै अख्तियारमा उजुरी परेको अख्तियार स्रोतले वताएको छ । विवादमा तानिएको चक्रघट्टी आयलको विषय अख्तियारमा पुगेको औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेड धरानका निमित्त कार्यालय प्रमुख असोक कुमार साहले समेत पुष्टि गरेका छन् । उनले यो विषय अख्तियारमै छानविनका क्रममा रहेकाले आफुले आवश्यक कागजात देखाउन नसक्ने जनाएका छन् । केन्द्रिय कार्यालयले नै पेटोल पम्म संचालन अनुमति दिएको जनाउने उनले भौतिक संरचना पर्खाल भत्काएर किन दिईयो भनेर सोधिएको प्रश्नमा भने उनले केहि पनि वताउन सकेनन् । उनले भने ‘ पेटोल पम्प संचालनको अनुमति मागिएपछि हामीले नै पर्खाल सारेर संचालन गर्न दिने सिफारीस केन्द्रिय कार्यालयमा गरेका हौं । नियम मिचेर किन सिफारीस गरियो नि भन्ने प्रश्नको जवाफ भने उनले दिन सकेनन् । औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नियम विपरीत भौतीक संरचना नै वदलेर पम्प संचालनको अनुमति दिईएको विषयमा कार्यालयको उध्योग प्रशासन शाखाका प्रमुख केदार थापाले भने पहिला धर्म काटा संचालनको लागि पनि त्यसरी नै सिफारीस गरिएको नजिर पेस गरेका छन् । उनले सुर्य कथा प्रालीको नाममा रहेको जग्गा चक्रघट्टी आयललाई नामसारी गरिएको र आयलका नाममा सिफारीस कार्यालयले गरेको थापाले वताएका छन्् । उनले आफुहरुले सिफारीस मात्रै गरेको निर्णय भने केन्द्रिय कार्यालयले गरेको जिकीर गरेका छन् । नियम मिचेर सिफारीस गरिएको विषयमा उनले भने संचालनका लागि अनुमति मागिएपछि सिफारीस गरेको दावी गरे । आयल संचालक मध्येका एक रोषन सोनीले अख्तियारमा यो विषयमा उजुरी परेको आफुलाई थाहा भए पनि के भईरहेको छ भन्ने विषयमा ज्ञान नभएको बताए । उनले आफुले नियमपुर्वक नै पेटोल पम्प संचालनको अनुमति लिएर काम थालेको दावी गरेका छन् । माथिल्लो तहका नेताहरु सम्म नै राजनितिक पहुच राख्ने सोनीले आपm्नो स्वामित्वमा नै रहेको कत्था उद्योगको जग्गा गणेश सोनीको नाममा नामसारी गरेर आयल संचालनको तयारी गरेको पाईएको छ । औधोगिक क्षेत्रभित्र संचालनमा रहेका ३४ उध्योगमा उध्योगिले लगानि गरेको करोडौं रुपैंया नै जोखिममा पर्ने गरि सोनिलाई नियम मिचेर अनुमति दिईएको एक उध्योगिले वताएका छन् । उनले केहि वर्ष अघि एक उध्योगिले पर्खाल परिवर्तनको लागि निवेदन दिदाँ भने हाल कार्यरत कर्मचारीहरुले नै सिफारीस गर्न अस्विकार गरेको जानकारी गराएका छन् तर सोनीको हकमा भने पर्खाल नै तोडेर संचालन अनुमति दिने कर्मचारी तिनै भएको उनले वताएका छन् ।