हेटौँडा । हेटाैंडाबाट हाडीखाेला तर्फ जाँदै गरेकाे यात्रुबाहक बस भर्खरै दुर्घटना भएकाे छ । मकवानपुरमा पर्ने उक्त ठाउँमा भएकाे दुर्घटनामा हालसम्म के कती क्षति भएकाे छ त्याे विवरण अाउन सकेकाे छैन् । प‍हरीका अनुसार बसमा २०-२५ जना यात्रुहरु सवार रहेका थिए । उक्त दुर्घटना स्थल हेटौडा बजारबाट करिब ७ किलोमिटरको दूरीमा रहेको पदमपोखरीको चकरीमकरीमा भएकाे हाे । प्रहरी घटनास्थलमा प्रस्थान गरेको छ ।