काठमाडौँ/बेलायती अधिराजकुमारी बिट्रिकाले स्थानीय तिलगङ्गास्थित आँखा अस्पतालको अवलोकन गरेकी छन्। [caption id="attachment_16040" align="alignnone" width="1024"]फाइल तस्बिर फाइल तस्बिर[/caption] बेलायती महारानी एलिजावेथकी नातिनी एवम् योर्ककी राजकुमारी बिट्रिकाले आज बिहान आँखा अस्पतालमा पुगेर आँखा बैंक, लेन्स बनाइने कारखाना, तालिम कक्ष लगायतको चासोपूर्वक अवलोकन गरिन। सो अवसरमा उनले आजको २१औँ शताब्दीमा सर्वसाधारणले उपचार नपाएर दृष्टिविहीन हुनुपरेको एवम् अर्थ अभावमा अस्पतालसम्म पुग्न नसकेको समस्याप्रति गम्भीर चासो लिइन। अधिराजकुमारीले विशेषगरी तालिमका लागि आँखा अस्पतालमा विभिन्न मुलुकबाट आउने चिकित्सकको तालिम कक्षको चासोपूर्वक अवलोकन गर्नाका साथै चिकित्सकसँग कुराकानी समेत गरिन ।  अस्पतालले आर्थिक रुपमा सक्षम हुनेलाई शुल्क लिएर र नहुनेलाई निःशुल्क रुपमा सेवा प्रदान गरेको जानकारी पाएर अधिराजकुमारी निकै उत्साही भइन। आँखा अस्पतालले अन्य अस्पतालसँग पनि समन्वय गरी काम गरेकोप्रति उनले प्रशंसा गरिन। अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा रीता गुरुङले अधिराजकुमारीको भ्रमणले आफूहरु उत्साही भएको बताउँदै अस्पताललाई सहयोग आउने आशा व्यक्त गरिन । रासस