विजयपुर/ राधा माधब समिती, बिद्धत समाज तथा डिभाइन युथ क्लब धरानले जगत गुरु श्री कृपालु जि माहराजले स्वामी श्री हरिदास ज्युलाइ पहेलो बस्त्र प्रदान गरेको दिनको अवसर परेर शनिबार धरान ४ छाता चोकमा रहेको पुनर्स्थापना गृहमा लत्ता कपडा तथा खाद्यन्न बितरण गरेको छ ।

help

गृहमा रहेका २८ जना ब्याक्तीहरुलाइ लत्ताकपडा तथा भोजन बितरण गरेको हो ।इलाका प्रहरी कर्यालय धरानको प्रहरी निरीक्षक प्रकाश श्रीमलको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा,प्रा.डा गोपाल भण्डारी,डल्फिन पुर्वान्चल एकेडेमीका प्राचार्य सन्तोश राई,सह प्राचार्य विशाल राई,पत्रकार योगेशबाबू काफ्ले तथा,बिकास चाम्लिङ राई अतिथि रहेका थिए ।

पुनर्स्थापना गृहका बारेमा संचालक भिम राइले जानकारी दिएका थिए । कार्यक्रममा दस हजार बराबरको लुगा तथा ७००० बराबरको खाना तथा सामाग्री प्रदान गरेको कुरा राधा माधब समिती धरानका संयोजक राज कुमार निरौलाले जानकारी दिए ।