पथरी/इलाका प्रहरी कार्यालयको प्रमुख रमेश बस्नेतले प्रहरीको पिकअप भ्यान मर्मतमा ध्यान नदिदा डेढ बर्ष अघि देखि ग्यारेजमा थन्किएको छ । सामान्य खर्चमा बन्ने प्रहरीको बा १ झ ६४३६ नम्बरको जापनीज माल्डा कम्पनीको पिकअप भ्यान आर्थिक बर्ष बितिसक्दा पनि बन्न नसकेको हो । यसरी प्रहरीको भ्यान ग्यारेजमा थन्कीदा यस क्षेत्रको सुरक्षा खस्किदै गएको हो ।

3 प्रहरी चडेको भ्यान दुर्घटनहुदा उतीबेला सामान्य क्षति भएको पिकअफ भेन झापाको दमक १० स्थीत एमडी ग्यारेजको मेकानीक दाउद अन्सारीको ग्यारेजमा मर्मत गर्न लगिएको थियो । मेकानीक अन्सारीले सुरुमा १लाख ५० हजारमा बनाउने सर्त प्रहरीले ग्यारेजमा ल्याइदिएको थियो । ल्याएको दिनदेखि बनाउनु भनेर बारम्बार फोन गर्दा पनि प्रहरी सम्पर्कमा नआएपछि त्यतिकै थन्किएको हो । अहिले मर्मत गनुपरेमा मेसिन कवाडी भैसकेकोले धेरै रकम लाग्ने अन्सारीले बताए ।

उनले भने –‘बिमा कम्पनीसंग बिमा दाबी गर्दा त्यहाँबाट पनि मर्मत खर्च आउँछ यो ध्यान नदिएर हो ।’इलाका प्रहरी कार्यालयबाट प्रहरी पश्चिम जाने क्रममा कानेपोखरी देखि ५सय मिटर पूर्ब सडक दक्षिण तिर डेढ बर्ष अघि पल्टिएको थियो । अहिले सो पिकअफ भ्यान ग्यारेजमा मेकानीकको पेन्टिङ, रङ लगाएत गाडी बनाउदा प्रयोग हुने समान राख्ने दराजको रुपमा प्रयोग हुदै आएको छ ।इलाका प्रहरी कार्यालयको कम्पाउण्ड वाल निमार्ण समितिले इलाका प्रहरी कार्यालयलको भ्यान मर्मत खर्च भनेर यसै आर्थिक बर्षमा ५० हजार रुपैया इस्पेक्टर रमेश बस्नेतलाई दिएको थियो । इस्पेक्टर रमेश बस्नेतले समितिलाई गाडि बारम्बार विग्रिएर जनताको सुरक्षा गर्न गारो भएको भने पछि ५० हजार दिएको समितिका सचिव रुपनारायण भट्टराईले बताए ।

2

इलाका प्रहरी कार्यालयमा प्रहरी भ्यान मर्मत शिर्षकमा बार्षिक लगभग १ लाख हुने स्रोतको दाबी छ । यस सबै रकमहरु अहिले हामीले प्रयोग गरिरहेको पिकअफ भेनलाई मर्मत गर्दा सकिएको र पनि नपुगेको इस्पेक्टर बस्नेतले बताए ।यस क्षेत्रमा घटना दिनानु दिन बढ्दै गएको छ, भ्यानलाई मर्मत गरेर सुरक्षा मजबुद बनाउन जरुरी रहेको पथरी उद्योग बायिाज्य संघको अध्यक्ष धनकुमार तामाङ्ले बताए ।प्रहरी कार्यालयमा प्रहरीको दुईवटा पिकअप भेन प्रहरीले प्रयोग गर्दै आएको थियो । दोस्रो संविधान सभाको चुनावमा मे १ झ ११६ नम्बरको नयाँ पिकअप भेन थपिएको थियो ।

उति खेर दुईवटा पिकअप भेन हुदा प्रहरीलाई मोबाइल गस्ती गर्न सहज बन्दै आएको थियो । कार्यालयबाट थुनुवालाई जिल्ला प्रहरी कार्यालय म्याथ थप गर्न एउटा भ्यानले लादा अर्को मोबाइल गस्तीमा निस्कनेले शान्तिशुरक्षामा मजबुत बन्दै आएको थियो । तर अहिले ढेड बर्ष देखि यता एकमात्र प्रहरीको भेन हुदा जनताको सुरक्षामा चुनैती थपिन्दै गएको हो ।इलाकामा प्रहरी भ्यान एकमात्र हुदा प्रहरी हिरासदमा राखिएको थुनुवालाई अरुकै व्यक्तिगत भ्यानमा म्याथ थप गर्न लैजाने गरेको पाइएको छ । हसन्दहका गोविन्द भण्डारीको को १ च ८०४२ नम्बरको मारुती भ्यानमा लानेगरेको भण्डारीले बताए ।

1

अरुको भ्यानमा म्याथ थप गर्न लैजादा ३ हजार देखि ३५सय सम्म भाडा भन्दै थुनुवाहरुलाई नै प्रहरीले असुल्ने गरेको भण्डारी बताउँछ । आफ्नो थुनुवालाई म्याथ थप गरेर ल्याए बापत भाडा ७ सय रुपैया बाँकी रहेको भण्डारीले बताए ।पछिल्लो समयमा पथरी इलाकाको क्षेत्रमा अपराधिक घटना र घरेलु हिंसा वास्तै बढेको छ । इलाकामा घरेलु हिंसा,हत्या,चोरी डकैती जस्ता जघन्य अपराधको चाङ लागेको छ । चोरी डकैती र घरेलु हिंसा सम्बन्धि घटनाको उजुरी दैनिक ४ देखि ७ सम्ममा आउने गरेको प्रहरीको अभिलेखमा छ । इलाका प्रहरी कार्यालय पथरीले बयरवन,केरौन,अमरदह,हसन्दह र पथरी-शनिचरे नगरको सुरक्षा गर्दै आएको छ ।-तस्विरहरु दिनेश सुब्बा

4