धरान/पहिरो खसेका कारण मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत पृथ्वी राजमार्ग अवरूद्ध भएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी ८ ऐनापहरामा बुधबार बिहान गएको पहिरोको कारण सडक अवरुद्ध भएको हो । पहिरो गएसँगै पोखरा तर्फ हिडेका गाडीहरु र उताबाट काठमाडौं तर्फ आउदै गरेको सवारीहरु बीचमै अलपत्र परेका छन् ।
बिहान आठ बजे पहिरो खसेको थियो । इलाका प्रहरी कार्यालय तनहुँका अनुसार सय मिटर लामो पहिरो खसेको छ । पहिरो हटाउन केही समय लाग्ने बताइएको छ ।
पहिरोमा निकै ठूलो ढिस्को खसेको प्रहरीले बताएको छ । एक्साभेटर प्रयोग गरेर पहिरो हटाउने कार्य तिब्र पारिएको छ ।