Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • छुट्टाछुट्टै स्थानमा आगलागी, लाखौँको धनमाल नष्ट

छुट्टाछुट्टै स्थानमा आगलागी, लाखौँको धनमाल नष्ट

  • कार्तिक १५, २०७३
  • ब्लाष्ट खबर

पर्सा/पर्साको विभिन्न तीन ठाउँमा आज बिहान आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ । लक्ष्मीपूजाका लागि बालिएको दियोबाट पर्साको हपुर गाविसमा र विद्युत्को तार सर्ट भई वीरगन्ज उपमहानगरपालिकाको दुई स्थानमा आगलागी भएको हो । तीनै स्थानमा भएको आगलागीमा परि  ६२ लाख रूपैयाभन्दा बढीको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगन्जको उपमहानगरपालिका–१३ आदर्शनगर स्थित टायर गोदाममा विद्युत्को तार सर्ट भई आज बिहान आगलागी हुँदा ६० लाखभन्दा बढीको ३ सय थान टायर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय गोविन्द साहको टायर गोदाममा बिहान ३ः३० बजे सुरु भएको आगलागी वीरगन्ज उपमहानगरपालिका कार्यालयबाट गएको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा बिहान ५ः३० बजे नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक डा राजुबाबु श्रेष्ठले जानकारी दिए । आगलागीमा परि रु २५ हजार प्रतिथान मोल पर्ने ३०० थान टायर जलेर नष्ट भएको व्यापारी साहले प्रहरीलाई जानकारी दिएको उपरीक्षक श्रेष्ठले बताए । यसैबीच विद्युत् तार नै सर्ट भई वीरगन्ज उपमहानगरपालिका–८ लाठगलीमा रहेको विणयकुमार साहको कम्प्युटर पसलमा आगलागी भएको छ । करिब १२ः३० बजेबाट सुरु भएको आगलागी नगरपालिकाको बारुणयन्त्र र प्रहरीको सहयोगमा बिहान डेढ बजे नियन्त्रणमा लिइएको उपरीक्षक श्रेष्ठले जानकारी दिए । आगलागीमा परि पसल भित्र र रहेको करिब रु ६० हजार मूल्य बराबरको कम्प्युटरका पार्टसलगायतका वस्तु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दीपावलीको पूजाअर्चना पछि घरभित्र बालेको दियोबाट आगो सल्किदा पर्साको हरपुर गाविस–६ निवासी राजकुमार यादवको घरमा आगलागी भएको छ । आगलागीमा परि यादवको घरमा रहेको लत्ताकपडा, भाडा, अन्न, नगद तथा जिन्सी गरी रु एक लाख ६० हजारको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राति १२ः४५ बजेबाट सुरु भएको आगो स्थानीय बासिन्दा र नेपाली प्रहरीको सहयोगमा दुई घन्टापछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । रासस

सम्बन्धित समाचार
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत

इटहरी । सुनसरी, मोरङ र झापाका कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारणबाट १० करोड ...

नक्कली प्रहरी बनेर लुटपाट

विराटनगर । नक्कली प्रहरी बनेर अपहरणशैलीमा लुटपाट गर्ने दुई जनालाई प्रहरीले ...

धान दिवसको अर्थ

यो वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ राष्ट्र ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत
नक्कली प्रहरी बनेर लुटपाट
धान दिवसको अर्थ
आजको राशिफलः २०८२ साल असार १७ गते मङ्गलबार
राजनीतिक संरक्षणमा मिटरब्याज धन्दा
समर्पणको भावले सेवा गर्ने वडासदस्य गिरी
यी हुन् सुनसरीका ओझेलमा रहेका पर्यटकीय क्षेत्र
नेवार समुदायका युवालाई धाः बाजा तालिम
राजनीतिमा भण्डारीको पुनरागमन घोषणाः शुभ सङ्केत कि अशुभ ?
आजको राशिफलः २०८२ साल असार १६ गते सोमबार
महिला फुटबल प्रतियोगिताको उपाधि धरान लेडिज क्लबलाई
अब निजी र सामुदायिक विद्यालयमा २ वर्षे ईसीडी अनिवार्य
आजको राशिफलः २०८२ साल असार १५ गते आइतबार
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना
जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved