ktmकाठमाण्डौ /भारतीय राष्ट्रपति प्रणव मुखर्जी आउँदा आज काठमाडौ अघोषित रुपमा कफ्र्यु लागेको जस्तै बनेको छ । खासगरि चक्रपथ आसपासको क्षेत्रमा कडा सुरक्षा ब्यबस्था मिलाइएको छ । त्यहाँ सर्बसाधरणलाई हिडडुल गर्न तथा सार्बजनि,निजी सवारी साधन चल्न दिइएको छैन । ट्राफिक प्रहरीले चक्रपथ आसपासका विभिन्न रुटमा सवारी चलाउन रोक लगाएको छ र वैकल्पिक मार्गहरु प्रयोग गर्न आग्रह गरेको छ । चत्रपथभित्र एक प्रकारले ‘अघोषित कर्फ्यू’ जस्तै हुने देखिन्छ । ट्राफ्रिक प्रहरीका प्रवक्ता लोकेन्द्रबहादुर मल्लका अनुसार मुखर्जीको सवारीका क्रममा सार्वसाधारणलाई पैदल हिड्न समेत रोक लगाइनेछ ।मुखर्जीको सवारीमा ज्यामरसहितका कार्केड हुनेछ । मोबाइल सिग्नल ज्यामरका कारणले एक सय मिटर वरपरको टेलिफोनससहित डिजिटल सम्पर्क विच्छेद हुनेछ ।