नदीमा डुबेर एक बालकको मृत्यु
- कार्तिक १८, २०७३
- ब्लाष्ट खबर
कैलाली/ पिकनिक खान गएका एक बालकको बुधबार दिउँसो नदीमा डुबेर मृत्यु भएको छ ।
कैलालीको अत्तरिया नगरपालिका–११ कालिका टोलमा बस्ने जय कामीका छोरा आठ वर्षीय गोपाल कामीको गेटाको श्रीलङ्का टोल नजिकै झोलुङ्गे पुल आसपासको मोहना नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मृतक बालकको शव सेती अञ्चल अस्पतालमा ल्याइएको र आज शवपरीक्षण हुने प्रहरीले जनाएको छ । रासस