Mukharjeeधरान/नेपालको तिन दिने भ्रमण पूरा गरी भारतीय राष्ट्रपति प्रणव मुखर्जी शुक्रबार साँझ स्वदेश फर्किएका छन् । उनलाई विदाइ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमै गएका थिए ।

गत बुधबार नेपाल भ्रमणमा आएका थिए । नेपाल बसाइको क्रममा भारतीय राष्ट्रपति मुखर्जीसँग समकक्षी भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री प्रचण्ड सहित राजनैतिक दलका शीर्ष नेताहरुले छुट्टा छुट्टै तथा सामुहिक भेटवार्ता गरेका थिए ।मुखर्जीले पशुपतिनाथ र जनकपुरको जानकी मन्दिर दर्शन गर्नुका साथै पोखरा पुगेर पूर्व गोर्खा सैनिकहरुलाई सम्बोधन गरेका थिए ।

भारतीय सञ्चारमाध्यमहरुले राष्ट्रपती मुखर्जीको भ्रमण सफल भएको बताएका छन् । नेपाल भ्रमणका क्रममा राष्ट्रपती मुखर्जीले नेपाल र भारत असल मित्र राष्ट्र भएको बताएका थिए । मुखर्जीले नेपालका राष्ट्रपती बिद्यादेबि भण्डारीलाई पनि भारत भ्रमणको निम्तो दिएका छन् ।