पथरी/ महाशिव रात्रीको अवसर पारेर मोरङमा दुईवटा शिवको मन्दिर उद्घाटन भएको छ । पथरीशनिश्चरे ७, स्थीत विष्णु चौकमा रहेको शिव पाञ्चायन मन्दिर र बयरवन–६ मा रहेको मक्ष्यश्वर शिव मन्दिरको उद्घाटन भएको हो ।

शुक्रबार मन्दिरलाई मोरङ क्षेत्र नम्बर २ का सभासद चण्डीप्रसाद राईले रिवन काटेर औपचारीक रुपमा उद्घाटन गरेको हो । मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै सभासद राईले नेपालमा फरक–फरक धर्म मान्ने मानिस र विभिन्न जातीका मानिसले आआफ्नै धर्म र संस्कृती मान्ने चलन रहेकोले देशलाई धर्मनिरपेक्ष बनाउन लागी परेको बताए । नेपाल हिन्दु राष्ट्र कुनै हालतमा हुन सक्दैन थियो । बहुभाषी र बहुजातीका मानिसहरु बसोबास गर्दै आएको र उनिहरुले धेरै धर्महरु मान्ने भएकोले राष्ट्रमा धर्मनिरपेक्ष हुन पर्नेमा जोड दिर्दै आएको उनले बताए ।

फरक प्रश्ङगमा उनले अहिले सरकारले तिन तहको चुनावको मिति घोषणा गरिसकेको छ । सवै जना आआफ्नो स्थानबाट राम्रो चुनावमा लाग्न आग्रह गरेका थिए । सवै जाती, जनजाती, लगाएतहरुका लागी सम्मेटने गरी संविधान आएको छ, सवैले कार्यनयन गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा शिव पाञ्चायन मन्दिर गत बर्ष महाशिव रात्रीको दिन शिल्यानास गरिएको थियो । सुरु गरिएको १ बर्ष पछि निमार्ण समितिले १५लाख ९३ हजार ९५ रुपैयाको लागतमा निमार्ण सम्पन्न गरेको समितिका कोषाअध्यक्ष विष्णु बहादुर बोगटीले बताए । मन्दिरलाई पथरीशनिश्चरे ७ का गंगा प्रसाद सुवेदीले १० धुर,जानुका पौडेलले ५ धुर,देविभक्त सुवेदीले ५ धुर र पथरीशनिश्चरे १ का विष्णु गौतमले १० धुर र पथरीशनिश्चरे २ मैया पाण्डेले ५ धुर जग्गा दान दिएका थिए । सोहि स्थानमा मन्दिरले जग्गा मन्दिरले १० धुर ४ लाखमा खरिद गरी थप गरेको छ । मन्दिर निमार्णको लागी क्षेत्र नम्बर २ अन्तरगत सभासद विकास कोषबाट १लाख रकम प्रदान गरेका थिए । मन्दिर भजन,कृर्तन गर्ने स्थान सहित सुविधा सम्पन्न निमार्ण गरिएको समितिले जनाएको छ ।

मन्दिरलाई पथरीशनिश्चरेका व्यक्तिहरुलेमुर्ति,शिवलिङ्,गजुर,बसाह, घण्टी,फनिचर लगाएतका सामान खरिदमा सहयोग गरेका छन् । १ रुपैया देखि ४ हजार ९ सय सम्म रकम सहयोग गर्नेलाई सुचना भनेर वा टाँसेर र ५ हजार देखि माथी रकम दान गर्ने लाई शिला लेखमा नाम लेखेर राखिएको मन्दिर निमार्ण समितिका अध्यक्ष हेमबहादुर थापाले बताए । ५हजार सम्म दिने ५सय ११ जना र ५ हजार देखि माथी रकम दान गर्ने ९० जना रहेका छन् ।

कार्यक्रममा दाताहरुलाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रम हेमबहादुर थापाको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि सभासद चण्डीप्रसाद राई रहेका थिए ।

त्यसैगरी शुक्रबार नै बयरवन–६ स्थीत हाटखोलामा नवनिर्मित मक्ष्यश्वर शिव मन्दिर पनि उद्घाटनग गरिएको छ । क्षेत्र नम्बर २ का सभासद चण्डी प्रसाद राईले रिवन काटेर उद्घाटन गरेको हो । लगभग ५ लाखमा निर्मित मन्दिरको काम सकिन ३० प्रतिशत बाँकी रहेको छ । अझै २ लाख रकम लाग्ने निमार्ण समितिका सचिव रमेश शाहले बताए । २५ सय देखि माथी रकम दान गर्ने लाई शिलालेखमा नाम लेखिने समितिका उपाध्यक्ष गंगा ढुंगनाले बताए । मन्दिरलाई सभासद राईले आफुले सहयोग गर्ने बताए ।

मन्दिर सँगै वसाह पनि उदटन गरेको छ । वसाहलाई बयरवन ८ निवासी पुष्प पौडेलले स्वर्गीय माता,पिता,भाउजु,श्रीमती,भाई र छोरीको नाममा ५९हजार १सय ९२ रुपैयाको लागतमा निमार्ण गरिदिएको छ । कार्यक्रमको सभापती मन्दिर निमार्ण समितिका अध्यक्ष रामचन्द्र बास्कोटाले गरेका थिए भने अतिथिहरु विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थीत भएका थिए ।

त्यसैगरी पथरीशनिश्चरे ५ मा पनि नवनिर्मित जलेश्वर शिवालय मन्दिरको उद्घाटन भएको छ । शुक्रबार कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली काङ्गे्रसका युवा नेता केदार कार्कीले रिवन काटेर मन्दिरको उद्घाटन गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको हातबाट स्थानीय वृद्ध–वृद्धा र मन्दिरलाई सहयोग गर्ने दातालाई दोसल्लाह ओढाएर प्रमाण–पत्रले सम्मान गरिएको थियो । २०७० सालमा स्थापना भएको मन्दिरलाई स्थानीय हरिमाया कुइकेलले १ कठ्ठा जग्गा निशुल्क दिएको थियो । स्थानीयको सहयोग र श्रमदानबाट मन्दिर स्थापना गरिएको कार्यक्रम सचिव केदार बोहोराले जनाए ।

उक्त मन्दिरलाई चन्द्र प्रसाद ढुङ्गानाले शिवलिङ्ग, नरिता पाण्डेले गणेशको मुर्ती दिइएको थियो । मन्दिर निर्माणमा २लाख ६१हजार २सय ६५ रुपैया खर्च भएको र २८ हजार ५ सय नगद कोषमा जम्मा रहेको सचिव बोहोराले बताए । कार्यक्रममा अतिथिहरु गोपाल सेडाई,आशिस कार्की, बद्रि निरौला, दिवश राजबंशी,गणेश खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।