विजयपुर/धरान–१९ स्थित मुना मदन मार्गमा ढल तथा सडक निर्माण कार्य सुरु भएको छ । संसद कृष्णकुमार राईको निर्बाचन क्षेत्र बिकाश कोषको आर्थिक सहयोगमा ढल तथा सडक निर्माण कार्य सुरु भएको हो ।

संसद कृष्णकुमार राईले सोमबार निर्माण कार्यको उद्घाटन गरेका छन् । उद्घाटनपछि बोल्दै संसद राईले धरानका हरेक क्षेत्रमा केहि न केहि योजना पार्ने हिसाबले बजेट बिनियोजन गरेको बताए ।जनताको साथ रहेसम्म बिकाशकालागि आफु लागि पर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै नेकपा एमाले धरानका अध्यक्ष तारा सुब्बाले एमाले धरानले धरानका हरेक टोल तथा बस्तीहरुमा पुर्वाधार निर्माण गर्ने निती लिएको बताउदै अब जनसहभागिता सहितको बिकाश निर्माणलाई निरन्तरता दिने बताए ।

ढल तथा सडक निर्माण उपभोक्ता समितीका अध्यक्ष रामकुमार राईले राजनैतिक पार्टि र जनता सँगै मिलेर आफ्नो ठाउको बिकाशमा लाग्नु पर्ने बताए ।

ढल तथा सडक निर्माणका लागि समन्वय गरिदिने एमाले धरान र संसद कृष्णकुमार राई उनले धन्यबाद दिए ।१८ लाख २४ हजार दुई सय ९५ रुपैयाको लागतमा बन्ने योजनामा निर्बाचन क्षेत्र बिकाश कोषबाट १४ लाख ५७ हजार पाँच सय र ३ लाख ६६ हजार ९ सय ९५ रुपैया जनसहभागिता रहने छ ।