यो कथा टिजियाना कैटोनको हो, जसले सेक्स भिडियो भाइरल भएका कारण आत्महत्या गरिन् ।
अप्रिल २०१५ मा नेपल्सको उपमहानगरिय मुग्नानो क्षेत्रमा बस्ने ३१ वर्षीया टिजियानाले ह्वाट्सएपमा पाँच जनालाई सेक्स भिडियो पठाइन् । जुनजुन मानिसहरूले यो भिडियो ह्वाट्सएपमा रिसिभ गरे तिनीमध्ये उनको ब्वाइफ्रेन्ड सर्गियो डी पालो पनि थियो, जससँग उनको सम्बन्ध स्थिर थिएन । त्यो भिडियो टिजियानाले कुनै अन्य मानिससँग सेक्स गरेकी थिइन् । १५ वर्षसम्म टिजियानासँग साथ गरेकी टेरिजा पेट्रोसिनो सम्झिन्छिन्, ‘उनी धेरै सुन्दर थिइन्, सहज रूपमा विश्वास गर्थी । ऊ गलत समयमा गलत मानिसको सङ्गतमा थिई ।’ उनको भिडियो छिटै कयौ एडल्ट वेभसाइटमा अपलोड गरीए । यद्यपि सेक्स भिडियोले केही नबिगारे पनि उनले भनेको एक वाक्यले उनलाई तहसनहस गरिदियो । भिडियोमा उनले सोधेकी छिन्, ‘तिमी भिडियो बनाइरहेका छाँै ब्रावो ।’ यी शब्दले के सन्देश दिन्छ भने उनी खुल्ला स्वभावकी केटी थिइन्, उनलाई सेक्सको समयमा भिडियो बनाउन मन पथ्र्यो । भिडियो हेर्ने मानिसलाई के लाग्यो भने यदि फिल्म गर्नमा त यति खुशी छ भने हेर्दा कुनै गुनासो गर्ने छैन । तर इटलीका मानिसहरूले केवल भिडियो मात्र हेरेनन्, उनको कमेन्टका साथै उनको फोटा टिसर्ट र वेभसाइडमा देखिन थाले । के सन्देश गयो भने यो सबै गरेर धेरै खुशी छ । सोसियल कमेन्टर सेल्वाजिया लुकैरेल्ली भन्छिन्– ‘मानिसले यसलाई गलत तरिकाले लिए, ऊ एक खुल्ला विचार भएकी केटी हो जसले यसरी भाइरल हुँदा कुनै आपत्ति छैन ।  तपाईं एक भिडियो सुट गर्न सक्नु हुन्छ । केही मानिससँग सेयर पनि गर्न सक्नुहुन्छ । साथै त्यसमा एक कुरा पनि सामेल छ, तपाईं त्यसलाई सार्वजनिक गर्न सक्नु हुन्न ।’ कानुनी लडाइँ  यो सबै टिजियानाका लागि धेरै डरलाग्दो थियो । तर उनले यसको सामना गर्ने निर्णय गरिन् । तर कुनै यस्तो तरिका थिएन, उनी भाइरल भएको भिडियो हटाउन सक्थीन । उनले यो मुद्दालाई अदालतमा लिएर गइन् । अदालतलाई भनिन् कि उनको अनुमतिबिना भिडियो सार्वजनिक साइडमा अपलोड गरियो । यति सबै हुँदाहँदै पनि उनको जीवन सामान्य रहेन । उनकी आमा मारिया टेरेसा गिग्लियो भन्छिन्, ऊ बाहिर निस्कन चाहँदैन थिइन् । ‘उनले बुझिसकेकी थिइन्, यो मुद्दा कहिल्यै पनि सामान्य हुनसक्दैन । उनको हुनेवाला श्रीमान, उनका छोराछोरी कहिले न कहिल्यै यी सेक्स भिडियोको बारेमा जानकारी पाउने छन् । किनकि यी कहिल्यै हट्नेवाला थिएनन् ।’ कैयौँ हप्ताको मानिसक पिडापछि आमा मारियाले आफ्नो छोरीको बारेमा पत्रकारलाई भन्ने हिक्मत जुटाइन् । उनले बीबीसीलाई भनिन् ‘मेरो छोरी राम्री केटी थिई तर उसलाई प्रभावित गर्न सकिन्थ्यो । जन्मँदै उसलाई बुबाको साथ थिएन । उसले उनलाई कहिल्यै भेटिन् । यसको असर उनको पूरा जीवनभरी पर्यो ।’ टिजियाना आफ्नो आमासँग बस्थी । उनी इटलियन गीत सुन्थिन्, उपन्यास पढ्थिन र पियाना बजाउँथिन । तर सेक्स भिडियो अनलाइनमा सेयर भएपछि उनको व्यवहार पूरा परिवर्तन भयो । उनी एक्लै बस्न थालिन् । उनकी आमा भन्छिन्– ‘उसको जीवन तहसनहस भयो । मानिसहरू उसको मजाक गर्न थाले । उसलाई भद्दा नामले बोलाइन् थालियो ।’ सेप्टेम्बरमा नेपल्सको एक अदालतले आदेश दियो, उनको भाइरल भएको भिडियोलाई वेभसाइटबाट र सर्च इन्जनहरूबाट हटाइयोस् । साथै अदालतले उनलाई कानुनी खर्चका लागि २२ हजार डलर भुक्तानी दिन आदेश दियो । यी सबै कार्य भइसकेको थियो । १३ सेप्टेम्बर २०१६ मा मारिया टेरेसा गिग्लियो स्थानीय टाउन हलमा काम गर्न गइन् । छोरी घरमा थिई । उनलाई एक फोन आयो ‘मेरो नातेदारले फोन गरे र घर आउन भने । जब म घर पुगे त प्रहरी र एम्बुलेन्स देखे । मैले बुझिसकेँ । उसलाई बचाउने कोसिस गरियो । मेरा छिमेकीले मलाई कारबाट बाहिर आउन दिएनन् । म लगभग बेहोस भएँ । उनीहरू मलाई घरभित्र जान दिइरहेका थिएनन् । मैले उसलाई अन्तिम पटक पनि हेर्न पाइन । जुन दिन उसको मृत्यु भयो, मेरो जीवन पनि सकियो ।’ आमाको सङ्घर्ष  टिजियानाको मृत्युले मानिसहरूमा उनको भिडियो हेर्ने कौतुहल झन् बढायो । उनको आमाले ती सबै भिडियो हेरिन । ‘मैले सत्य थाह पाउनु थियो त्यसकारण ती सबै भिडियो हेर्न चाहन्थे । त्यो मेरी टिजियाना थिइन् ।’ उनलाई के लागेको छ भने उनकी छोरीलाई नशालु औषधि खुवाइयो । उनलाई लागेको छ, यो सबै एक आपराधिक षड्यन्त्र थियो । उनी के चाहन्छन् भने उनकी छोरीको पूर्व ब्वाइफ्रेन्ड डी पालो नै भनुन्, भिडियोहरू सेयर गर्नमा उनको भूमिका के थियो ? ‘उनले मेरो छोरी बचाउन मेरो सहयोग गरेनन् । सायद त्यो सत्य थाह पाउनका लागि मेरो सहयोग गर्न सकून ।’ नोभेम्बर २०१६ मा डी पालोसँग १० घण्टासम्म सोधपुछ भयो । अभियोजक जान्न चाहन्थे, के टिजियानालाई आत्म हत्याका लागि उक्साउन कसैको भूमिका थियो ? टिजियाना कैटोनको आत्महत्याले इटलीमा पोर्नग्राफी र व्यक्तिगत कुरालाई लिएर हुने बहसको दिशा नै परिवर्तन गरिदियो । यो ती सबै मानिसका लागि पनि शिक्षा थियो, जुन अन्तरङ्ग क्षणको भिडियो अनलाइन सेयर गर्छन् । टिजियानाको भिडियो अब मुख्य सर्च इन्जनमा पाइँदैन, तर उनको अस्तित्व अहिले पनि छ । उनकी आमा मारिया चाहन्छन्, इटली र युरोपीय सङ्घका बाँकी देश यस्तो तरिका विकसित गरुन्, जसको निजी अपलोड छिटो हटाउन सकियोस्  । उनी भन्छिन्– ‘म के आशा गर्छु भने टिजियाना कैटोनका नाम खिल्ली उडाउनेको रूपमा नभएर बरु अन्य महिलाको जीवन बचाउने मानिसको रूपमा जानियोस् ।’ बीबीसी