काठमाडाै/ मालिण्डो एयरवाट मलेसियाको यात्रामा रहेका एक बंगलादेशीले विमान भित्रै निवस्त्र भएर हस्तमैथुन गर्न थालेपछि पक्राउ परेका छन् ।

मलेसियान युनिभर्सिटीमा अध्ययनरत २० बर्षिय छात्रले विमानमा यात्रा गर्दा आफ्नो ल्यापटपमा अश्लिल चलचित्र हेर्दै निवस्त्र भएका थिए । निवस्त्र अवस्थामै विमानका परिचारिकालाई अंगालो मार्न जाने क्रममा उनले आक्रमणको प्रयास समेत गरेका थिए ।

उनले निवस्त्र अवस्थामै हस्तमैथुन र शौच आफु बसेको सिटमै गरेको विमानका अधिकारीहरुले बताएका छन् । उनलाई विमानका अरु कर्मचारीहरुको मद्धतले उनको हात पछाडीवाट बाँधेर नियन्त्रणमा लिएका थिए ।

मलेसियाको क्वालालम्पुरवाट बंगलादेशको ढाकाका लागि भएको उडानमा भएको उक्त घटनामा पक्राउ परेका बंगलादेशीलाई ढाकामै प्रहरीको जिम्मा लगाईएको छ ।

साभारः शिखरन्युज